Logo

अर्थ

सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा गर्दैन : एमाले सचिव भट्टराई



काठमाडौँ । नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने बताएको छ ।

सरकारले मंगलबार संसद्‍मा पेश गरेको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया दिँदै एमाले सचिव योगेश भट्टराईले व्यापार घाटा, मुद्रास्फीति बढेको, मूल्यबृद्धि बढेको विदेशी लगानी घटेको, राजश्व सङ्कलन हुन नसकेको र पुँजीगत खर्च समेत हुन नसकेको अवस्थामा सरकारले ल्याएको कार्यक्रमले त्यसलाई सम्बोधन गर्न नसकेको बताएका हुन् ।

‘समस्या सम्बोधन गर्ने कुनै विकल्प आएका छैनन् । आउने वर्ष डरलाग्दो आर्थिक सङ्कट हामीले सामना गर्नु पर्ने हुन्छ । मुलुक त्यतातिर जाँदैछ’, भट्टराईको भनाइ छ ।

नले सरकारको नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै भएको टिप्पणी गरे । ‘यो नीति तथा कार्यक्रम समयको बर्बादी मात्र हो । यो सरकार जति समय रहन्छ त्यो पनि समयको बर्बादी हो’, भट्टराईको भनाइ छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १८:५५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।