काठमाडौं । मेलम्चीमा आएको बाढीपछि सम्पर्कबिहीन बनेका ८ कामदारमध्ये दुईजनाको शव फेला परेको छ । शव फेला परेका दुवै चिनियाँ नागरिक हुन् ।
बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी अरुण नेपालले बताए ।
उनीहरुमध्ये यु ची झुको शव आज बिहान सिन्धुलीको खोलामा भेटिएको र गोगको मेलम्ची दोभानभन्दा केही तल फेला परेको उनले जानकारी दिए ।
उनीहरू दुवै चिनियाँ कम्पनी सिनो हाइड्रोका कामदार हुन् ।















प्रतिक्रिया