Logo

साताको अन्तिम दिन शेयर बजारमा सामान्य करेक्शन, झन्डै ११ अर्बको कारोबार



साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य करेक्शन देखिएको छ । बिहीबार शेयर बजार परिसूचक नेप्से १.३० अंकले घटेर २९६८.४२ अंकको विन्दुमा बन्द भएको छ । 

नेप्से परिसूचकमा रातो पोतिएको दिन शेयर बजारका सम्पूर्ण परिसूचकहरु घटेका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ०.५७ अंकले घटेर ५४१.१३ अंकको विन्दुमा बन्द भएको छ । 

बिहीबार २ सय २३ कम्पनीको १ लाख २४ हजार ५६१ पटकको व्यापारमा २ करोड ३ लाख ६५ हजार ६९९ कित्ताको कारबोर हुँदा १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँ बराबरको कारोबार भएको छ । 

बिहीबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७७ करोड ३७ लाख ३९ हजार ७८ रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा नेश्नल हाइड्रो पावरको ३० करोड ३ लाख २५ हजार १४ रुपैयाँ बराबरको कारोबार भएको छ । 

बिहीबारको बजार बन्द हुँदा नेप्सेको बजार पूँजीकरण ४१ खर्ब ३९ अर्ब २८ करोड ८५ लाख २६ हजार ८३१ रुपैयाँ ५ पैसा कायम भएको छ । 

०.०४ प्रतिशतले घटेको बजारमा ८१ कम्पनीको शेयर मूल्य बढ्दा ९६ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयर भने स्थीर रहेको छ । 

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १६:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।