Logo

अर्थ

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध जनकपुरमा युवाहरुको प्रदर्शन



जनकपुरधाम । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्याँसको मूल्य बढाएको विरोधमा जनकपुरधाममा युवाहरुले प्रदर्शन गरेका छन् । बुधबार जनकपुरधाम स्थित जानकी मन्दिरको छेउमा सडकमा मोटरसाइकल र ग्याँसको सिलिण्डर राखेर विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीय युवा शुशिल कर्णको नेतृत्वमा युवाहरुले पाँच दलीय गठबन्धनको सरकारले जनतालाई राहत दिनुको साटो आहत दिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरु पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध सडकमा मोटरसाईकल, ग्याँस सिलिण्डरलाई राखेर प्रदर्शन गरे ।

स्थानीय युवा कर्णले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा जनतालाई असर गरेकाले आफूहरु आन्दोलनमा उत्रेको बताए । उनले सरकारले मूल्यवृद्धिको निर्णय फिर्ता नलिए आगाडि पनि आन्दोलन गर्ने चेनावनी दिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार ११:४५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।