बंगलादेशमा पछिल्लो समयमा कोरोना भााइरसको प्रकोप बढ्दै गएपछि यहाँ जारी रहेको लकडाउन पनि थप एक महिना लम्ब्याइएको बताइएको छ । बंगलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि यहाँ जारी रहेको लकडाउनलाई थप एक महिना लम्ब्याइएको बुधबार जानकारी दिएको छ ।
सो लकडाउन बुधबार रातिदेखि थपिएको छ र आगामी महिना जुलाइको १५ तारिखसम्म कायम रहने घोषणा गरिएको बताइएको छ । त्यस अवधिका लागि सार्वजनिक यातायताका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुरेन्टहरु सीमित संख्यामा मात्र खुल्न दिइने बताइएको छ । सरकारी कार्यालय तथा बैंक र फाइनान्स सेवा पनि प्रत्येक दिन केही घन्टा छुट्याएर खोल्न दिइने छ ।
यो लकडाउन देशैभरि लगाइएको बताएको छ । बंगलादेश सरकारको मन्त्रीपरिषदको बैठकले बुधबार लकडाउनको समयावधि थप गरेको जनाएको छ । बंगलादेशमा पनि पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ ।
प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १७:५२ : बजे
0
Shares
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया