Logo

माैसममा केही सुधार, तर टरेकाे छैन जाेखिम



लगातारकाे झरीपछि शुक्रबार माैसममा केही सुधार आएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर मनसुनी वायुको प्रभाव रहे अति भारी वर्षाकाे सम्भावना कम छ।

यद्यपि देशका धेरै स्थानमा  हल्कदेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा  भने भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जानकारी दिएकाे छ।

पछिल्ला दिनमा अतिभारी वर्षाका कारण बाढीपहिराेका घट्ना बढ्न थालेका थिए। तर शुक्रबार बिहान काठमाडाैंसहित मुलुकका विभिन्न क्षेत्रमा घाम पनि लागेकाे छ। यसले माैसममा केही सुधारकाे संकेत देखाएकाे महाशाखाका माैसमविद् बताउँछन्। यद्यपी मनसुनी वायुका कारण बदली भई पानी पर्ने सम्भावना भने कायमै रहन्छ।

महाशाखाका अनुसार शुक्रबार राति सुदूरपश्चिम प्रदशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरे स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदशका  एक-दुई स्थानमा भारी वर्षा हुने आँकलन गरिएकाे छ।

बर्खामा बाढी पहिराेकाे जाेखिम रहने भएकाले सतर्कता अपनाउन आह्वान गरिएकाे छ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार ०६:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।