जारी यूरो कपमा एकपछि अर्का खेलाडीहरुले पत्रकार सम्मेलनका बेला आफ्नो टेबलबाट स्पन्सरको बोतल हटाउन थालेपछि युरो कपको नियामक निकाय युइएफएले कारबाही गर्ने चेतावनी दिएको छ ।
गत सोमबार पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले कोकाकोला र फ्रान्सका मिडफिल्डर पउल पोग्बाले हेनेकेन बियरको बोतल हटाएका थिए । त्यसपछि पुन बुधबार इटालीका म्यानुअल लोकाटेलीले कोकाकोलाको बोतल पत्रकार सम्मेलनको सेटबाट हटाएका थिए।
खेलाडीहरुले कोकाकोला र बियरको बोतलप्रति असन्तुष्टि जनाउदै क्यामराको फ्रेमबाट हटाउने लहर नै चलेपछि स्टक मार्केटमा कम्पनीको शेयर मूल्य नै प्रभावित भएको छ। यसबाट गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार नियामकीय निकायले खेलाडीहरुलाई सचेत गराएको हो ।
पोग्बाले धार्मिक कारणले हटाएको युइएफएले बुझे पनि अन्यका हकमा अब अनुशासनको कारबाही चलाउन बाध्य हुने युइएफए युरो २०२० प्रतियोगिताका निर्देशक मार्टिन कलेनले बताए।















प्रतिक्रिया