Logo

समाचार

अमेरिकासँग वार्ता र संघर्षका लागि तयार छौँ : किम जोङ 



उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग वार्ता र संघर्षका लागि तयार रहेको बताएका छन् ।

जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि दुवै देशबिच संवाद भएको थिएन। अमेरिकामा बाइडन राष्ट्रपति बनेपछि पहिलोपटक उत्तर कोरियाले आफ्नो अमेरिका नीति सार्वजनिक गरेको हो ।

यसअघि नै उत्तर कोरियाले बाइडनलाई उत्तर कोरियाप्रति शत्रुतापूर्ण नीति अपनाएको आरोप लगाएको थियो । यसअघि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा उत्तर कोरियासँगको सम्बन्ध सुधारको लागि धेरै प्रयास भएको थियो । यद्यपि त्यसले खास्र महत्वपूर्ण नतिजा भने दिन सकेन ।

बाइडनले ट्रम्प प्रशासनको पनि आलोचना गर्दै आफूले किमलाई यसअघिको प्रशासनले जस्तो अन्तर्राष्ट्रिय मान्यता दिन सहयोग नगर्ने बताएका थिए ।

उत्तर कोरियालीले यसअघि नै बाइडेनले आफ्नो देश विरुद्ध शत्रुतापूर्ण नीतिु लिएको आरोप लगाएको थियो ।

कमिटीको बैठकमा उत्तर कोरियामा चरम खाद्य संकटको विषय समेत उठेको थियो । बैठमा किमले देशमा खाद्य संकट रहेको स्वीकार गरेका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १३:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।