Logo

कर्पोरेट फोकस

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले बुढानिलकण्ठस्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट पाउने भएका छन् ।

बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन मेराकी होलिस्टीक वेलनेस रिट्रिटसँग सम्झौता गरेको हो । योसँगै बैंकका ग्राहकले मेराकीको विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

काठमाडौं जिल्लाको बूढानीलकण्ठमा निकै शान्त र प्राकृतिक सौन्दर्यकोबीचमा रहेको मेराकी होलिस्टीक वेलनेस रिट्रिटले स्पा सम्बन्धी विभिन्न थेरेपी पनि प्रदान गर्दै आएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निस्शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०७९ शुक्रबार  ७ : ५९ बजे