Logo

आजको तस्बिर

काठमाडौंको फूटपाथ भद्रगोल, मान्छे कहाँबाट हिड्ने ? (फोटोहरु)



उपत्यकाको निषेधाज्ञा खुकुलो हुन थालेपछि सडकमा मानिससँगै सवारीको चाप पनि बढ्न थालेको छ । तर पैदल यात्रु हिड्को लागी भनेर बनाइएको फूटपाथ भने भद्रगोल देखिन्छ । पहिलो लकडाउनको समयमा समेत निर्माण गरिएका फूटपाथ मानिसहरु हिड्न नपाउँदै भद्रगोल बनेका हुन् । 

हुन त काठमाडौं महानगरपालिकाका ईन्जिनियर राम बहादुर थापाले मेलम्चीको पानीको चुहावटले फूटपाथ भत्किएको भनेका छन् । तर कारण त्यति मात्र देखिदैन । मुनि पाइप नओछ्याइएको ठाउँमा समेत फूटपाथमा खाल्डै खाल्डा देखिन्छ । 

सवारी साधन नगुड्दा सडक सफा भई रहेका बेला फूटपाथ भने कतै निर्माण सामाग्री थुपारेर त कतै फोहोर थुपारेर अवरोध गरिएको छ । मानिस र सवारी एकै ठाउँको आगमनले दुर्घटना निम्तिने खतरा टार्न निर्माण गरिएको फूटपाथ पैदलयात्रुका लागि अवरोध मात्र होईन खतरा समेत रहेको छ ।

अनलाइनपाना डटकमका फोटो पत्रकार सञ्जिव मानन्धरले काठमाडौंको छाउनी क्षेत्रमा खिचेका तस्बिरहरु :

Chhauni Street 0.jpgChhauni Street 1.jpgChhauni Street 2.jpgChhauni Street 3.jpgChhauni Street 4.jpgChhauni Street 5.jpgChhauni Street 6.jpgChhauni Street 7.jpgChhauni Street 8.jpgChhauni Street 9.jpgChhauni Street 10.jpgChhauni Street 11.jpgChhauni Street 12.jpgChhauni Street 13.jpgChhauni Street 14.jpgChhauni Street 15.jpgChhauni Street 16.jpgChhauni Street 17.jpgChhauni Street 18.jpgChhauni Street 19.jpgChhauni Street 20.jpgChhauni Street 21.jpgChhauni Street 22.jpgChhauni Street 23.jpgChhauni Street 24.jpgChhauni Street 25.jpgChhauni Street 26.jpg

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार ०८:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।