काठमाडौँ । पूर्वमन्त्री पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम यथार्थमा भन्दा हावामा उडेको बताएकी छन्। सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले नीति तथा कार्यक्रम भ्रमको पुलिन्दा रहेको बताइन्।
अर्यालले विगतको सरकारले ऐतिहासिक तथ्य र प्रमाणको आधारमा नै नेपालको नक्सा अध्यावधिक गरिएको बताइन्। संसदबाट पारित भएको विषयलाई कार्यन्वयन गर्ने वर्तमान सरकारले प्रतिवद्धता व्यक्त गर्नुपर्नेमा सरकार चुकेको उनको भनाइ थियो । नक्सा समेटिएको क्षेत्रफल जारी गर्ने कुरामा सरकार किन चुकेको भन्दै अर्यालले प्रश्न गरिन्।
उनले मुलुकभन्दा ठुलो सरकार हुन नसक्ने भन्दै नीति तथा कार्यक्रममा नक्सामा समेटिएको विषय प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताए। ‘दुई देशबीचको प्राविधिक समिति रहेको छ। त्यो समितिको बैठक किन बस्न सकेको छैन,’ उनले भनिन्, ‘सरकारले पहल कदमी किन लिन सकेको छैन। सुस्ता लगायतका समस्या समाधानको लागि सरकारको छिटो भन्दा छिटो ध्यान जाओस्।’
नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई प्राथमिकता दिन नसकेको उनको टिप्पणी थियो । अघिल्लो सरकारले नै ल्याएका कृषि बिमा, पशु बिमालगायतका कार्यक्रमको निरन्तरता दिएपनि नयाँ केही आउन नसकेको अर्यालले बताइन्।





















प्रतिक्रिया