Logo

बागमती प्रदेश

मेलम्ची नगरपालिका-१ का जनप्रतिनिधिले एक महिनाकाे तलब राहत कोषमा जम्मा गर्ने



सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। शनिबार बसेको वडा समितिको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष कृष्णप्रसाद चौलागाईंले जानकारी दिए।

कोषमा वडाध्यक्ष चौलागाईंले २६ हजार ७३० जम्मा गर्नेछन् । कार्यपालिका सदस्य सावित्री कार्कीले १२ हजार ८७० तथा वडा सदस्यसरू भीमसेन खतिवडा, खम्बासिं तामाङ र शान्ति नेपालीले प्रतिव्यक्ति नौ हजार ९०० कोषमा जम्मा गर्नेछन्।

यही असार १ गते राति मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले मेलम्चीको वडा नं ६, ७, ८, ९, १० र ११ मा ठूलो धनजनको क्षति पु-याएको छ। रासस
 

प्रकाशित मिति : ६ असार २०७८, आईतवार ०८:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।