Logo

अर्थ

सरकारी कर्मचारीको तलब १५ प्रतिशले बढ्यो



काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारी तलब बढेको घोषणा गरेका हुन् । अब साउनदेखि कर्मचारीले तलब १५ प्रतिशले बृद्धी हुने भएको छ ।

आर्थिक २०७८/०७९ को बजेटमा कर्मचारीको तलव दुई हजार रुपैयाँले बढाइएको थियो । 

यस्तै, सरकारले तलब सुविधान सेवा आयोग गठन गर्ने निर्णय गरेको छ। तलब शिक्षक, सेना, प्रहरीको पनि बढ्ने छ । यसबाट पेन्सन पाउनेहरुको पनि आम्दानी बढ्ने छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १८:४१   :  बजे

864
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।