Logo

विभिन्न हातहतियार बरामद



कपिलवस्तु : कृष्णनगर नगरपालिका-८ लोहरौला बस्ने ३२ वर्षीय अस्लम मुसलमानको बाख्रा गोठबाट २ थान बाह्रबोर बन्दुक, बाह्रबोर बन्दुकमा लाग्ने ५ थान जंगि राउण्ड, ११ थान बाह्रबोर बन्दुकको पड्किएको खोका, करिब ३ सय ग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ, ५७ वटा छर्रा र जनावरलाई पासो लगाउन प्रयोग गरिने ३ वटा जाल शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त ठाउँमा हातहतियार लुकाई राखिएको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बहादुरगंज र ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले उक्त गोठ तलासी गर्दा गोठको छानोमुनी बोरामा लुकाई राखेको उक्त हातहतियार बरामद गरेको हो । अस्लम मुसलमानको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

सुनसरी, बराहक्षेत्र नगरपालिका(२ तेह्रअर्डीस्थित विश्वकर्मा मन्दिर नजिकै झाडीमा बेवारिसे अवस्थामा रहेको १ नाल भरुवा बन्दुक शनिबार बेलुका प्रहरीले फेला पारी बरामद गरेको छ । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : असार ५, २०७८ आईतबार  १ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।