कञ्चनपुर : भिमदत्त नगरपालिका-१२ ऐरीमा शनिबार बेलुका अबिरल बर्षाको कारण महाकाली नदीको बाहव बढी सोही ठाउँ बस्ने मनोज सुनाह लगायत ६ जनाको घर डुबानमा परेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले मानिसहरुलाई सुरक्षित स्थानमा सारेको छ ।
त्यसैगरी, बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका-१ स्थित मुक्तिकोट बस्ने धनरुप कामीको घर शुक्रबार बेलुका पहिरोले पुरेको छ । साथै सोही ठाउँ बस्ने अन्य ७ जना व्यक्तिहरूको घर, गोठ अविरल वर्षाले क्षति भएको छ ।
दार्चुला, ब्याँस गाउँपालिका-३ तुसारपानी बस्ने पहिरोको जोखिममा रहेका १५ घर परिवारहरुलाई शनिबार दिउँसो प्रहरी चौकी धौलाकोटबाट खटिएको सम्पूर्ण सर-सामान सहित सोही ठाउँस्थित गल्फा भन्ने स्थानमा सारेको छ । अविरल वर्षाका कारण पहिरोको उच्च जोखिममा रहेका उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।
बझाङ, बित्थडचिर गाउँपालिका-४ मेल्टास्थित जयपृथ्वी राजमार्गमा आइतबार बिहान पहिरो खस्दा सडक अवरोध भएको छ । प्रहरी बेस देउलेखबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
बैतडी, दोगडाकेदार गाउँपालिका-५ ढिग्गाडस्थित महाकाली लोकमार्गमा आइतबार बिहान पहिरो खस्दा सडक अवरोध भएको छ । प्रहरी चौकी खोचलेकबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
प्रतिक्रिया