Logo

प्रमुख समाचार

महासभामा भाग लिन प्रधानमन्त्री शाह आज अमेरिका जाँदै



काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन मंगलबार अमेरिका जाने भएका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह १४ सदस्यीय टोलीसहित अमेरिका जान लागेका हुन्। उनले महासभामा असोज ८ गते सम्बोधन गर्नेछन्।

यसअघि महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली आइतबार न्युयोर्क प्रस्थान गरिसकेको छ।

प्रधानमन्त्री शाहले गत भदौ १० गतेको रसुवा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरका बारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलवार ०८:००   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।