Logo

आइतबार शेयर बजारमा पनि पहिरो, १७५ कम्पनीको मूल्यमा गिरावट



देशभर भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको खबर आइराख्दा साताको पहिलो दिन शेयर बजार पनि भासिएको छ । तर शेयर बजारको डुबान पानीको डुबाइ नभइ शेयर मूल्यको डुबान भनेर बुझ्नु पर्दछ । 

आइतबार शेयर बजार एकैदिन ६३ अंकले झरेको छ । आइतबार शेयर बजार परिसूचक नेप्से ६३.११ अंकले घटेर २९०५.३२ अंकको विन्दुमा बन्द भएको छ । दुई प्रतिशत भन्दा धेरैले घटेको बजारमा शेयर बजारका सम्पूर्ण परिसूचकहरु २ प्रतिशत भन्दा धेरैले नै घटेको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि २.३२ प्रतिशतले घटेर ५२८.५५ अंकको विन्दुमा बन्द भएको छ । 

आइतबार दुई सय ३१ कम्पनीको एक लाख २८ हजार २८१ पटकको व्यापारमा दई करोड ७३ लाख ४४ हजार ५११ कित्ताको खरिदविक्री हुँदा ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८८ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ । 

आइतबार नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक ८० करोड ९९ लाख ९९ हजार ७७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार संख्याका आधारमा भने सिइडिबी हाइड्रोको सर्वाधिक चार हजार ७३९ पटक व्यापार भएको छ । त्यस्तै शेयर संख्याका आधारमा भने ग्लोबल आइएमइ सम्मुन्नत स्किम १ को सर्वाधिक १५ लाख ५१ हजार ६२२ कित्ता शेयरको खरिदविक्री भएको छ ।    

आइतबार पाँच कम्पनीको शेयर मूल्यमात्र बढेको छ । बाँकी ९ ऋणपत्रको शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ । यूनियन हाइड्रोपावरको शेयर सर्वाधिक ९.८१ प्रतिशतले घटेको छ । 

आइतबारको समूहगत परिसूचक मध्य १३ समूहको कारोबार भएकोमा १३ वटै समूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त र जलविद्युत समूहको परिसूचक सर्वाधिक ३ प्रतिशत भन्दा धेरैले घटेका छन् । 

त्यस्तै होट्ल्स तथा टुरिजम, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार समूहको परिसूचक २ प्रतिशत भन्दा धेरैले घटेका छन् । बाँकी समूहको परिसूचक सोभन्दा कम अनुपातमा घटेका हुन् । 

२.१३ प्रतिशतले घटेको बजारमा ५ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ७५ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी तीन कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १५:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।