म एकदिन आफ्नै कोठामा बसेको थिएँ । साथी बजारबाट घुम्दै मेरो कोठामा आउनुभयो । उहाँले भन्नुभयो “माथि ठूलासैनको डाँडा जाम खीर खान” भन्नुभयो त्यति बेला माघको महिना थियो ! चिसो पनि अलि धेरै ! मेरो पनि कुनै काम थिएन मैले “हुन्छ जाम” भने ! हामी कोठाबाट हिँडेरै गफ गर्दै गयौँ !
उकालो बाटो थियो साथीको एक भूपू माया हुनुहुन्थ्यो ! उहाँले कल गर्नुभयो साथी कुरा गर्दै हिनिरहेका थिए ।
म चिप्लेर लडेको देखेर साथी गफ गर्न छोडेर धेरै हाँस्न थाले ! म पनि उनीहरुको हाँसेको देखेर धेरै हाँसे ! साथीको मायाको साथीलाई मेरो हाँसो मन परेछ ।
साथीले मेरो हातमा आफ्नो फोन दिनुभयो अनि कुरा गर भन्नुभयो हाँस्दै बोल्दै गथौँ अनि मैले गरेको कुरा उहाँको साथीलाई मन परेछ ! हाँस्दै मजाक गर्दै उहाँले भन्नुभयो “तपाईंको मुस्कान मनपर्याे” मैले भनेँ “ल खुसी लाग्यो मलाई पनि तपाईँले मेरो मुस्कान मन पराइदिनु भएकोमा” भने, मलाई अरु बोल्ने आँट आएन ।
अनि हामी त्यतिबेलै फेसबुकमा पनि हामी साथी बन्यौँ अनि कुरा गर्दागर्दै हाम्रो पनि कुरा नजिक हुँदै गयो ! मसँग नम्बर थिएन साथीको बाट कुरा गरेको थिएँ तर हाम्रो कुरा फेसबुकमा मात्र कुरा हुन्थ्यो ।
बिस्तारै हामी नजिक भएम अनि नम्बर पनि उनीले नै दिइन् मैले पनि यताबाट कल गरेँ अनि हाम्रो पनि माया प्रेम बसेछ ख्याल ख्यालैमा !
पहिला पहिला भएर होला हाम्रो कुराकानी पनि धेरै राम्रा दुःख सुखका कुरा हुन्थे धेरै जस्तो कल उतैबाट कल आउँथो त कहिले यताबाट कल गर्थँे, कल गरेको देख्दा खुसी हुन्थेँ म !
हाम्रो कुरा हुन थालेको पनि धेरै लामो समय भयो ! बिस्तारै बिस्तारै उहाँको बोली बदलियो भन्दा अचम्म लाग्छ लभ भन्ने चिज नै यस्तै रहेछ ।
भावनाहरूले आज एउटा कुरा भन्छन्, भोलि अर्कै कुरा आउँछ ! मेरो एक चोटी सम्बन्ध राम्रो थियो, ‘यो सधैँको लागि हो जस्तो लाग्थ्यो । तर, अहिले केही महिनाभित्र नै नानाथरी कुरा हुन थाले कहिले झगडा गर्न थालिन् त कहिले शंका गर्न थालिन् !
म अल्झिरहेँ मलाई कसैको डर थिएन, भन्छन् नि प्रेममा अल्झियो भने पागल बनाउँछ भन्थे हो म त्यस्तै भएको थिएँ ।
म सधैँ सोच्थेँ जहाँ प्रेम हुन्छ त्यहाँ झगडा हुन्छ । मैले सुनेको जहाँ धेरै माया हुन्छ त्यहाँ धेरै झगडा अनि शंका हुन्छ, भन्ने थाहा थियो ! तर अति नै झगडा हुन थाल्यो हामी दुई बिच मैले सोचे तर यस्तो सम्बन्ध बनाउन भन्दा नबनाकै बेस भनेर आफैँ सोच्न थालेँ, ‘हरे, म कस्तोसँग लभ गर्दैछु ?’
यस्तो सम्बन्ध बनायो भने केवल कष्ट भोग्नु हो, किनकि जब सम्बन्धलाई राम्रो बनाउन सकेन् भने जिबनमा दुःख बाहेक अरु केही पाइन । नत आफ्नो उता पढाइको लक्ष्य पुरा हुन्छ, नत यता प्रेम सफल हुन्छ !
प्रेम लक्ष्य सफल हुन्छ जस्तो लाग्थ्यो, अनि प्रेम भनेको आनन्द लक्ष्य हो जस्तो लाग्न थाल्छ । अनेकौं पटक घाइते र विक्षिप्त भएपनि मानिसहरूमा प्रेम सम्बन्धमा रहने पागलपन रहेछ ।
किनकि जब प्रेममा छु भनेर सोचेको थिए । हामीमा अलिकति आनन्द थियो । प्रेम आनन्द प्राप्त गर्ने एक साधन रहेछ ।
जब म प्रेम मार्फत आनन्द खोज्न थाले तब मात्र माया गर्ने भनेर बढी रुचि हुनथाले । म धेरै मायाको रुचि भए पछि उस्ले सोचे छ त्यसले मलाई धेरै माया गर्छ जे गरे पिन भो जे भने पनि भो यसलाई भन्ने उनले सोचेको रहेछ !
जब झगडा हुन्छ तब असाध्यै पीडा हुन्छ, झगडा आफुले गरे जस्तो त लाग्दै न झगडा किनहुन्छ ? तर उसको बानिनै सधै झगडा गर्ने थियो, सानु सानु कुरामा पनि झगडा गर्थिन् उनले, मैले सोच्थे सधैँ झगडा हुन्छ भएकै त हो झगडा भए पनि हाम्रो प्रेम टाढा हुँदैन जस्तो लाग्थ्यो ।
केही समयपछि मलाई महसुस गर्न थाले प्रेम भनेको एक केटा र केटीसँग सम्बन्धमा बस्नु मात्र रैनछ, अहिले उनी कहाँ छन्, म कहाँ छु हाम्रो नत कल हुन्छ नत कुनै हाम्रो सम्बन्ध राम्रो शीत रहयो! कुनै सम्बन्ध रहेन हाम्रो नत प्रेम नै राम्रोसँग गरियो नत त्यो सम्बन्ध बचाउन सकियो !
जहाँ छौ तिम्रो भविष्य उज्वल र सफल होस् मैले लेखेका शब्दहरु तिमी भएको ठाउँ सम्म पुगेको तिम्रो साथीको मुखबाट सुन्न पाउँ ।





















प्रतिक्रिया