Logo

अर्थ

महङ्गी घटाउने कार्यमा सरकारले कदम चाल्नै पर्छ : पुष्पा भुसाल



काठमाडौं । सत्ता गठबन्धनको दल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पेट्रोलिय पदार्थको विकल्पमा लगानी गर्न सरकारसँग माग गरेकी छन्। संसद्‌मा दर्ता भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन्।

‘म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, महङ्गी घटाउने कार्यमा सरकारले कदम चाल्नै पर्छ,’ उनले भनिन्, ‘पेट्रोलिय पदार्थमा १० रुपैयाँ घटाउने सरकारको निर्णयलाई धन्यवाद।’ रुस र युक्रेनको युद्धका कारण विश्वस्तरमा मूल्यवृद्धि भएपछि निम्नवर्गका मानिसहरु मारमा परेको भन्दै उनले आयात गर्नुपर्ने यस्ता बस्तुको नेपालमै उत्पादन गर्ने योजना ल्याउन माग गरिन्।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार १२:३०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।