अडियो सेयरिङ एप क्लब हाउस चलाएकै कारण भक्तपुरका एक युवा प्रहरी हिरासतसम्म पुगेका छन् । उनले क्लब हाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राखेर नक्कली आइडी बनाइ प्रहरी अधिकृतको तस्बिर दुरुपयोग गरेको आरोप छ ।
भक्तपुरस्थित चाँगुनारायण नगरपालिका वडा नम्बर ६ खरिबोटका २० वर्षीय ईशान लामिछानेलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो।
पक्राउ परेका लामिछानेलाई थप अनुसन्धानका लागि अदालतबाट सात दिन म्याद थप परिएको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
प्रहरीको फेक आइडी बनाएर गलत सूचना प्रवाह हुन थालेपछि क्लब हाउसमा प्रहरीले निगरानी बढ्न थालेको हो ।





















प्रतिक्रिया