Logo

खेलकुद

जोर्डनविरुद्धको खेलअघि अल्मुताइरी भन्छन्– हामीमा कुनै दबाब छैन



कुवेत । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्धको खेल नेपाली राष्ट्रिय फुटबल टिमका लागि निकै महत्वपूर्ण भएको बताएका छन् ।

एएफसी एसियन कपका लागि तेस्रो चरणको छनोटअन्तर्गत जोर्डनविरुद्ध खेल्नुअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले यस्तो प्रतिकृया दिएका हुन् ।

‘हामीलाई घेरै दबाब छैन । किनभने हाम्रो समूहमा पोर्ट ४ को राष्ट्र हौँ । यसैकारण हामीमा कुनै दबाब छैन । तर, एक टिमको रुपमा हामी केही गर्न चाहन्छौँ । यो खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ । भोलिको खेलमा उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ,’ अल्मुताइरीले भने ।

‘हामीले दोहामा हुँदा भारत र अस्ट्रेलियाविरुद्धको जोर्डनको खेल हेरेका थियौँ । यसैकारण उनीहरु कस्तो खेल्छन् भोलि के गर्न सक्छन् भन्ने हामीले विश्लेषण गरेका छौँ । हामीले जोर्डनलाई रोक्न सक्यौँ भने त्यसपछि कुवेत र इन्डोनेसियासँग पनि राम्रो नतिजालाई लक्षित गर्नेछौँ ।’

हाल नेपाली टोलीमा २३ खेलाडीसहित नौ अफिसियल छन् । छनोटमा नेपालले जेठ २५ गते जोर्डन, २८ गते घरेलु टोली कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्ने तालिका छ ।

यस्तै नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले राम्रो खेल्दै नजिता आफ्नो पक्षमा पार्न हरप्रयास जारी राख्ने बताए ।

नेपाल र जोर्डनबीचको खेल भोलि राति स्थानिय समय अनुसार सवा १० तथा नेपाली समय अनुसार १ बजे हुनेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलवार २१:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।