काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२–१२ रुपैयाँ बढाएको हो ।
यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरिएको थियो ।
बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल तथा मट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ ।
खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।





















प्रतिक्रिया