Logo

अर्थ

मालवाहक तथा यात्रुवाहक गाडीकाे भाडा फेरी बढ्यो



काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश गुड्ने मालवाहक तथा यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो ।

विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा बढाएको जानकारी दिएको छ । जसअनुसार यात्रुवाहक सवारीमा २ दशमलब ५ प्रतिशतले भाडावृद्धि गरिएको हो । यसअघि जेठ ११ तगे यात्रुवाहक सवारीको भाडा २ प्रतिशतले घटाइएको थियो ।

पहाडी मार्गमा चल्ने मालवाहक सवारीको भाडा ३ दशमलब ३ प्रतिशतले र तराईमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३ दशमलब ७ प्रतिशतले बढेको छ । त्यसैगरी, पहाडी भेगमा चल्ने मालवाहक सवारीमा ३ दशमलव ३ प्रतिशत र तराईको हकमा ३ दशमलव ७ प्रतिशत भाडा बढेको छ ।

इन्धनको बजार मूल्य ५ प्रतिशत र सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन गरिने व्यवस्था छ । प्रदेशहरूले यसै आधारमा अब छोटो दूरीको सवारी भाडा बढाउनेछन् ।

नेपाल आयल निगमले गएराति १२ बजेदेखि इन्धनको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ बढाएर एक सय ७८ र डिजेलमा १२ रुपैयाँले वृद्धि गरी एक सय ६५ रुपैयाँ पुर्याइएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार १६:१९   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।