Logo

कर्पोरेट फोकस

ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियान: महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना



काठमाण्डौ । ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्यचौकीमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएका थिए । शिविरबाट १५० जनाभन्दा बढी महिला प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

बैंकद्वारा आयोजित शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न भएको थियो ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार १७:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।