नेपालको सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित शुक्लाफाँटा नगरपालिकाका प्रमुख हुन्, दिलबहादुर ऐर । नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर ऐरको नेतृत्वमा रहेको नगरपालिकामा के-कस्ता विकास निर्माणहरु भइरहेका छन्, कोरोना नियन्त्रणमा के पहल भए, आगामी योजनाहरु के छन् भन्नेलगायतका विषयमा अनलाइनपानाकर्मी सुजाता अम्गाईले गरेको कुरकाननी :
कोरोना नियन्त्रणका लागि के–कस्ता कार्यहरू गर्दै आउनुभएको छ ?
हामी सबैको सहकार्यमा आफैंले कोभिड अस्पताल खोलेका छौँ । जसमा आवश्यक अनुसार स्वास्थ सुरक्षाको सामग्रीहरु उपलब्ध गराएका छौँ । हामीले दैनिक ऐन्टिजेन र पीसीआरबाट नि:शुल्क कोरोना संक्रमणको परीक्षण गरिरहेका छौं । कोरोना जस्तो संवेदनशील विषयमा हामीले विशेष ध्यान दिएका छौँ । नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरेका छौँ । शवबाहन सेवा पनि दिएका छौं । अहिले हाम्रो शुक्लाफाँटा नगरपालिकामा सय भन्दा माथि संक्रमित हुनुहुन्छ । कोरोना नियन्त्रणको लागि कसरी हुन्छ बचाउ गर्दा-गर्दै पनि हामीले अहिले सम्ममा १२ जनालाई गुमाइसकेका छौँ । कोरोना रोकथामको लागी हामीले मास्क लगायतका स्वास्थ सामाग्री नि:शुल्क वितरण गरेका छौं । जनचेतना फैलाएका छौँ ।
विकासका कामहरुलाई के-कसरी अघि बढाउनु भएको छ ?
कोरोना भाइरसको यो विषम परीस्थितिमा पनि हामीले विकास निर्माणका कामहरुलाई रोकेका छैनौं । प्राकृतिक प्रकोपले असर ल्याए पनि बाटोघाटो , स्वास्थ, पर्यटन लगायतका क्षेत्रको विकासलाई तिव्रता दिएकाछौं । मुख्य प्राथमिकतामा कोरोना महामारी नियन्त्रणलाई राखेर विकास निर्माणलाई पनि सँगसँगै अघि बढाएका छौं ।
स्थानीय तह र नागरिकहरू बीचको सम्बन्ध कस्तो छ ?
हामीले जनाताको चाहाना बुझेर काम गरिरहेका छौं । हामीले पर्यटन, स्वास्थ, शिक्षा, खानेपानीलगायतका भौतिक पूर्वधारको विकासका लागि हामी काम गर्न पछि परेका छैनौं । यसैले पनि हाम्रो स्थानीय तह र नागरिकको सम्बन्ध राम्रो छ ।
चालु आर्थिक वर्षमा कति बजेट खर्च भयो ?
अहिलेसम्ममा हामीले ९० प्रतिशत जति बजेट खर्च गरेका छौँ । जनाताको चाहाना र यस शुक्लाफाँटा नगरपालिको विकासको लागि हामीले गरिएको विनियोजित बजेटको ९० प्रतिशत खर्च भइसकेको छ । बाँकी पनि खर्च हुन्छ भन्ने तरिकाले कामहरु गरिरहेका छौं ।
आगामी योजनाहरु के-के छन् ?
आगामी आर्थिक वर्षका लागि ७१ करोडको अनुमानित बजेट आएको छ । संघीय सरकार , प्रदेश सरकार र स्थानीय सरकारको सहमती र सहकार्यमा हामी योजना बनाउँछौं । विकासका कामहरु कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरेर योजनाबद्ध ढंगले हामी अगाडि बढछौं ।
संघ सरकार र प्रदेश सरकारबाट कस्तो सहयोग पाइरहनुभएको छ ?
संघ र प्रदेश सरकारका आ-आफना कानुनी दायराहरु छन् । उक्त कानुनी दायराभित्र रहेर संघ र प्रदेश सरकारहरुले सहयोग गरिरहनु भएको छ ।
कार्यकाल सकिँदै छ । यो समयमा गर्न छुटेको काम केही छ जस्तो लाग्छ ?
हामी यहाँको जनप्रतिनिधि हो । कार्यकालको मतलब भएन । विकासको चाहना, सुशासनको चाहना, जनाताको चाहना बुझेर काम गर्ने हो । कुनै पदमा हुँदा पनि यहि ठाउँको लागि काम गरिएको छ । यहि ठाउँको विकासको लागि अघि बढिएको छ । अहिले पदमा छु पनि त्यहि गरेको छु र कार्यकाल सकिएर म पदविहीन भए भने पनि मैले गर्ने मेरो ठाउँको विकास र जनताको लागी त छँदै छ ।
चुरेलाई निकासी गरेर सरकारले आम्दानीको स्रोत बनाउने भनेको छ । यसको संरक्षका लागी कस्तो पहल गर्नुभएको छ ?
चुरे एक धरोहर हो । यसको निकासीको कारण प्राकृतिक अवस्था , जलवायु परिवर्तन, यसबाट हामीले भोग्ने हानी-नोक्सानीहरुको विषयमा सोच्नैपर्छ । यसले देशको सम्रग विकासलाई नै क्षति पुर्याउँछ । यसको लागि हामीले आफनो तर्फबाट कसरी चुरेको संरक्षण गर्न सकिन्छ भनेर योजना नै बनाएर कार्यान्वयन गर्नेछौं ।
बाढी पहिरोको रोकथामका लागि के-कस्तो पूर्वतयारी गर्नुभएको छ ?
अहिले बाढी पहिरोको लागि त्रासमा रहनुपर्ने अवस्था छैन । उत्तरमा डडेल्धराको चुरे पर्वत र दक्षिणमा लालझाडी खोलाको कारण अलि विपद्को अवस्था आउछ कि भन्ने हो । तर, हामीले त्यसबाट क्षति नहोस् भन्नका लागि आवश्यक पूर्वतायरीहरु गरेका छौं ।
कोरोना नियन्त्रण र आइशोलेसनमा आर्थिक अनियमितता भएको छ भन्छन् नि ! के भन्नुहुन्छ ?
कोरोना नियन्त्रणलाई हामीले प्रभावकारीरुपमा अघि बढाएका छौं । यदि कसैलाई अनियमितता भएको भन्ने लागेको छ भने कानुनको ढोका ढक्ढकाउन सक्नु हुन्छ । म दोषी ठहर भए सजाय भोग्न तयार छु । केही नागरिकले सडकमा हल्ला गर्दैमा अनियमितता भएको नै हो भन्ने हुँदैन । यदि साँच्चै नै अनियमितता भएको भन्ने कसैलाई लागेको छ भने उजुरी दिन सकिन्छ । अख्तियार छ, अन्य निकायहरु छन् । उजुरी दिए, छानबिन होला । त्यसबाट थाहा भइहाल्छ नि अनियमितता भएको छ कि छैन भनेर । कुन संस्थाबाट, कहिले के विषयमा अनि कति बेला अनियमितता भयो ? प्रमाण ल्याउनुस्, छानबिन गरौं । प्रमाण पनि छैन्, अनि विरोध गर्नका लागि अनियमितता भयो भनेर हल्ला फिँजाइएको छ । हाम्रो काम देखेर अत्तालिएकाहरुले विरोधका लागि मात्रै सडकमा अनियमितता भएको छ भन्नुको कुनै अर्थ छैन ।
करिब चार वर्षको कार्यकालमा स्थानीय तहमा बस्दा के–कस्ता चुनौतीको सामना गर्नुपर्ने रहेछ ?
काम गर्ने बेलामा सबै ठाउँमा अप्ठयारा परीस्थितिहरु आउँछन् । जनतालाई सेवा दिने, उहाँहरुको सेवा सुविधाहरु परिपुर्ति गर्ने कुरामा पनि चुनौती छ । कानुनको दायरामा बसेर नियम बनाउने चुनौती छन् । बनाएको नियमलाई कार्यान्वयन गर्दै अगाडि बढाउने कुरामा चुनौती छ । विकास निर्माणका कामहरु गर्ने बेलामा विभिन्न अवरोधहरु आउँछन्, त्यसमा नै चुनौती छ । जिम्मेवारी लिइसकेपछि धेरै चुनौतीहरु आउँछन्, सामना गर्दै अघि बढ्ने हो ।



















प्रतिक्रिया