Logo

कर्पोरेट फोकस

अक्सेम्बर्गमा अनलाइन खरिद गर्दा १० प्रतिशत छुट देखि सित्तैमा टाइमेक्स घडी प्राप्त गर्न सकिने 



सियाराम समूहको अक्सेम्बर्ग ब्राण्डको अनलाइन स्टोर नेपालमा पनि सञ्चालनमा आएको छ । भारतीय चर्चित कम्पनी सियारामका समूहको सोही ब्राण्डको अनलाईन स्टोर गत फागुनदेखि नेपालमा व्यवसाय थालेको हो । अक्सेम्बर्गले हालै ग्राहकका लागि अनलाइनबाटै खरिद गर्न मिल्ने सुविधा ल्याएको छ ।
अनलाइन स्टोरमा औपचारिक, अनौपचारिक, पार्टी वेयर, विभिन्न प्रकारका एसोसेरिज तथा जिन्स उपलब्ध रहेका छन् ।
अनलाइनमार्फत सामान खरिद गर्दा ग्राहकले आफ्नो सुविधा अनुसार फोनपे वा डेलिभरी प्राप्त गर्दा नगदरकार्डबाट पनि भुक्तानी गर्न सकिनेछ ।
ग्राहकहरुले आठ हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्दा एउटा टाइमेक्स घडी उपहार स्वरूप प्राप्त गर्नेछन् ।
यसका साथै “” कोड प्रयोग गरेर १० प्रतिशत छुट पनि प्राप्त गर्न सकिनेछ । यो योजना स्टोर तथा अनलाइनबाट गरिने खरिदमा सीमित समयका लागि मात्रै लागू हुनेछ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १२ : ०७ बजे