Logo

अर्थ

काठमाडौं महानगरले बजेट करिब साढे २५ अर्ब, पूर्वाधार विकासका लागि ४९.५७ प्रतिशत



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार नगरसभामार्फत उपमेयर सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

विनियोजित कुल बजेटमध्ये आर्थिक विकास कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको महानगरले जनाएको छ । जुन कुल विनियोजित बजेटको २.२४ प्रतिशत हो ।

यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ करोड ६८ लाख ९८ लाख ६० हजार छुट्याइएको छ । जुन कुल बजेटको २०.९६ प्रतिशत हो । यस्तै, पूर्वाधार क्षेत्र विकासका लागि कुल बजेटको ४९.५७ प्रतिशत अर्थात् ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट छुट्याइएको डंगोलले बताइन् ।

प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार  ४ : १८ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।