Logo

प्रमुख समाचार

आज देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबार सातै प्रदेशमा वर्षा हुने पूर्वानुमान गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले वर्षा हुने महाशाखाले जनाएको छ ।

सोमवार देशभर सामान्यदेखि पूर्ण बदली हुने जनाइएको छ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

सोमवार दिउँसो देशभरका पहाडी भू–भागका धेरै स्थान र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १ तथा गण्डकी प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने भएको छ ।

देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना समेत छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार ०७:२९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।