नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मााधव कुमार नेपाल दुई ध्रुर्वतिर बाँडिएपछि एमालेका एक प्रभाबशाली नेता गुमनाम जस्तै छन् । उनि कहिले ओली तीर त कहिले माधव तीर नजिकिन्छन्, उनि हुन वामदेव गौतम ।
तिनै गौतम नेकपा ब्युताउने भन्दै फेरि एकपटक तातेका छन् । केहिदिन अगिमात्र ओलीको अहङ्कारका कारण पार्टि फुटेको आरोप लगाएका गौतमले शनिवार भने प्रचण्डका कारण एकता टुटेको बताए । गौतमले तत्कालीन पार्टी अध्यक्ष प्रचण्डले तत्कालीन अर्का अध्यक्ष ओलीमाथि लगाएको १९ पृष्ठ लामो आरोप फिर्ता लिएको भए तत्कालीन नेकपा विभाजन नहुने दाबी गरेका छन् ।
शनिबार ललितपुरमा आयोजित एकता राष्ट्रिय अभियानको दोस्रो भेलामा गौतमले कम्युनिस्टलाई जोगाउनका र बलियो बनाउनका लागि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकता हुनुपर्ने बताएका हुन् । स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पहिलो शक्तिको रुपमा र प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि बलियो हुने तर्क गरे ।
उनले कांग्रेस कम्युनिस्टको मित्र भए पनि कांग्रेसले नेतृत्व जारी राखे एमसीसीजस्ता आयोजना आइरहने तर्क गरे । अहिले कम्युनिस्ट पार्टीलाई एकतामा ल्याउन मध्यस्तकर्ताको आवश्यकता रहेकाले आफू नै उक्त भूमिका निर्वाह गर्ने उनले बताए । उनले एकताका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए ।
आगामी चुनावभित्र नेकपा एकता गर्ने अभियानमा आफू लाग्ने उनको भनाइ थियो ।




















प्रतिक्रिया