Logo

अर्जेन्टिनाले इक्वेडरलाई १-० ले‌ पराजित



 विश्वकप छनोटको पहिलो खेलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । बिहीबार बिहान भएकाे खेलमा  अर्जेन्टिनाले इक्वेडरलाई १-० ले‌ पराजित गरेको हो ।

अर्जेन्टिनालाई कठिन जित दिलाउनकाे लागि कप्तान लियोनेल मेस्सीको पेनाल्टीमार्फत गाेल गरे । खेलको १३ औँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल नै निर्णयक गाेल बन्न पुग्याे ।  इक्वेडरका पेर्भीस इस्टुनपियनले लुकास ओकाम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन। जितसँगै अर्जेन्टिनाले छनोटमा तीन अंक जोड्न सफल भएको छ। विश्वकप छनोट अन्तर्गत अर्को खेलमा पाराग्वे र पेरुले २-२ को बराबरी खेले ‌। उरुग्वेले चिलीलाई २-१ ले‌ पराजित गर्यो । उरुग्वेको जितमा लुइस सुआरेज र म्याक्सी गोमेजले १-१ गोल गरे ।

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  ८ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।