Logo

टिप्पणी

‘कोरोना जोखिम हटेको छैन, अस्पताल खोज्दा-खोज्दै ज्यान गुमाउन पर्ने अवस्था आउनसक्छ’



सन् २०१९ को डिसेम्बरदेखि सुरु भएको कोरोना भाइरसले विश्व्यापी महामारीको रुप लिएको पनि डेढ वर्ष भइसकेको छ । हालसम्म विश्वभर फैलिएको कोरोना भाइरसबाट १८ करोड ४५ लाख ७३ हजार ४३५ जना संक्रमित भइसकेका छन् भने ३९ लाख ९३ हजार ५९७ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणविरुद्ध विभिन्‍न खोपहरु बनेका भए पनि यसलाई पूर्णरुपमा नियन्त्रणमा लिन सकिएको छैन । कोरोना भाइरसले आफ्नो स्वरुपलाई फेर्दै नयाँ-नयाँ रुपमा आक्रमण गरिरहेको छ ।  

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको परिवर्तित रूप पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिनोमिक पहिचानका लागि जेठ २६ मा भारत पठाइएका ४८ वटा नमूनामध्ये ९ वटामा यो भेरियन्ट देखिएको थियो । उक्त नयाँ भेरियन्टले उग्र रुप लिएको र आगामी दिनहरुका उसको जोखिम झनै उच्च हुने विज्ञहरु बताउँछन् । 

कोरोना भाइरसको दोस्रो लहर बढेसँगै सरकारले संक्रमण रोकथामका लागि गत वैशाख १६ गतेदेखि देशभर निषेधाज्ञा घोषणा गरेको थियो । कोरोना संक्रमितको संख्यामा कमी आएसँगै सरकारले असार २२ गते मंगलबारदेखि निषेध आदेशलाई खुकुलो पारेको थियो । सरकारले कोरोना भाइरसको चपेटामा पिल्सिएका जनताको जनजीवन समान्य बनाउने उद्देश्यसहित खुकुलो पारिएको लकडाउनले अहिले भने जोखिमको रुप लिएको छ । लकडाउन खुकुलो भएसँगै असार २२ गतेदेखि जोर-बिजोर प्रणाली हटाएर सबै सार्वजनिक यातायातहरु सञ्‍चालनमा ल्याउने निर्णय जिल्ला प्रशासन कार्यलयले गरेको छ । कोरोनाको नयाँ भरियन्टको जोखिम बालबालिका अर्थात कम उमेरका विद्यार्थीहरुलाई उच्च जोखिम हुने विज्ञहरु बताउँछन् । 

सार्वजनिक यातायात सञ्‍चालन र भोतिकरुपमा परीक्षाको सञ्‍चालन गर्दा जोखिम कति ?

कोरोनाको चपेटामा परेपछि परेको समाजलाई मध्येनजर गर्दै लकडाउन केही खुकुलो गरियो । तर, जानीजानी मानिसहरुले आफूलाई कोरोना जोखिममा धकेलिरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी बताउँछन् । उनले अनलाइपानासँगको कुराकानीमा भने, “संक्रमणको कारण स्वंयम् हामी आफैँ हो । कोरोना भाइरसको नयाँ-नयाँ प्रजातीहरु आइरहेको बेला हामी झनै कोरोनाको सुरक्षाको मापदण्ड अपनाउन छोडेर कोरोनालाई निम्त्याउने र अरुलाई सार्ने गरिरहेका छौं ।”

“कोरोना भाइरसबाट बच्‍ने र नबच्‍ने हाम्रो हातमा होइन, तपाईंहरुकै हातमा छ । पहिलो कुरा कोरोना भाइरस संक्रमितले अस्पतलाको नियन्त्रण यात होम-आइसोलेशनमा बस्‍नुपर्‍यो, आफनो स्वास्थ्यमा ध्यान दिनुपर्‍यो । मानिहरुको समूहबाट आफूलाई टाढा राख्नुपर्‍यो । कारोनाबाट बच्‍न हामी आफैँ सचेत हुने हो । महामारी सँगसँगै समाजको आर्थिक र भौतिक अवस्थालाई मध्येनजर गरेर लकडाउन खुकुलो बनाएसँगै सामाजिक र भौतिका दूरी कायम नगर्ने, मास्क नलगाउने आवश्यकता नपरि बाहिर हिँड्ने , सुरक्षाको मापदण्ड पालना नगर्नाले यसको जोखिम आफैँ भोग्‍नु परेको छ, ” डा. अधिकारीले भने । 

कोरोनालाई ख्याल-ख्यालमा लिन नहुने पनि उनले बताएका छन् । यसलाई ख्यालख्यालमा लिएर लापरवाही गर्नाले अस्पताल खोज्दा-खोज्दै ज्यान गुमाउन पर्ने अवस्था आउनसक्‍नतर्फ होशियार हुनुपर्नेतर्फ पनि उनले सचेत गराएका छन् । उनले भने, “कोरोना भाइरसको जोखिम कायमै छ । विज्ञको भनाइलाई सुन्‍नुहोस्, मनन गर्नुहोस् र व्यवहारमा उर्तानुहोस् ।”

कोरोनाको दास्रो लहरभन्दा तेस्रो लहरको कोरोनाले महामारीको रुप लिनसक्ने हुँदा सबैजनालाई आवश्यक सुरक्षाको मापदण्ड अपनाउन डा. अधिकारीले आग्रह गरेका छन् । 

विद्यार्थीको भौतिक परीक्षा सञ्‍चालन गर्दा कतिको जोखिम हुन्छ ? भन्‍ने प्रश्‍नमा उनले भने, “मैले अघि पनि भने कोरोना भाइरसको कारण हामी स्वंयम् नै हो । हामीले आफनो स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक दूरी कायम गरेमा यसमा खासै जोखिम छैन ।”

शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पतालको क्लनिकिल रसिर्च युनटिका भाइरोलोजस्टि शेरबहादुर पुनले कोरोना संक्रमण घटबढ भइरहेको र पूर्णरुपमा घट्दो अवस्थामा नभएको बताएका छन् । अनलाइपानासँगको कुराकानीम उनले भने, “कोरोना संक्रमण घट्ने र बढने क्रममा नै छ । कोरोना सक्रमणदर कहिले ४० देखि ४५ प्रतिशतको हाराहारीमा छ भने कहिले ३० देखी ३५ प्रतिशतको हाराहारीमा छ । पछिल्लो समयमा २२ प्रतिशतको हाराहारीमा संक्रमणदर रहेको छ ।”

कोरोनाबाट बच्‍नलाई मान्छेको समूह धेरै भएको ठाउँमा जान नहुने सिद्धान्त आत्मसाथ गर्नुपर्ने उनको सुझाव छ । उनले थपे, “जहाँ भिडभाड धेरै छ, त्यहाँ संक्रमणको उच्च जोखिम छ । कोरोना सक्रंमणको संख्या बढ्दैमा आतिहाल्नु हुँदैन र केही घट्दैमा अब सकियो जोखिम भनेर लापरबाही गर्न पनि भएन । स्मार्ट लकडाउन भनेको छ । यसलाई अब जनताले कसरी बुझेका छन् ? भन्ने कुरा पनि त आउँछ ।”

कोरोनाका विभिन्‍न प्रजातीहरु र त्यसको परिणाम आइरहँदा यो विषयलाई लिएर लापरबाही गर्न नहुने उनको सुझाव छ । उनले थपे, “यसो गर्दा आफू त संक्रमित त हुन्छ नै, उसले अरुलाई समेत जोखिममा पारिदिन्छ । अर्को कुरा कोरोना भाइरस संक्रमण अहिलेसम्म नदेखिएकाहरु पनि हुनुहन्छ तर यसको मतलब यो होइन कि तपाईंलाई भाइरसले छुँदैन । कोरोनाको तेस्रो लहरले छुन सक्छ, नयाँ भेरियन्टले छुन सक्छ । यसैले म अहिले बचेँ भनेर खुसी भएर जोखिममा हाम फाल्ने काम नगरौं ।”

विद्यालय खोले र विद्यार्थीलाई भौतिक उपस्थिति र सार्वजनिक यातायात सञ्‍चालनमा कतिको जोखिम छ ? भन्‍ने प्रश्नमा उनले भने, “कोरोना भाइरसले त्यो व्यक्तिलाई आक्रमण गर्छ जसले सुरक्षाको मापदण्ड अपनाउँदैनन् । यातायात सञ्‍चालन र विद्यार्थीको भौतिक उपस्थितिलाई राम्रो र उपयुक्त छ भन्‍न सकिन्‍न र छैन पनि । अहिले हामी सबैजना यो कोरोना भाइरसको जालमा जेलिएका छौं, कतिपयको रोजीरोटीको सवाल छ । यसकारण पनि सवारीसाधन सञ्‍चालन हुन आवश्यक छ र अर्को कुरा लाम्रो समयदेखि विद्यार्थीहरुको पढाई बिग्रेको पनि छ । उनीहरुको मनस्थिति अलि कमजोर भएको छ, यसलाई हामीले यतिकै छोड्न हुँदैन । यसलाई राम्रो व्यवस्थापन गरेर सुरक्षाको मापदण्डसहित भौतिक दूरी कायम गरी परीक्षा लिँदा डराउन पर्ने आवश्यक छैन ।”

प्रकाशित मिति : असार २१, २०७८ सोमबार  २ : ५४ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।