काठमाडौं । नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । काठमाडौं तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बैठक बसेको हो । बैठकमा प्रदेश राजनीतिमा विकसित पछिल्लो घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ ।
बागमतीमा प्रदेश सरकार परिवर्तनको कसरत भइरहेको छ । एकीकृत समाजवादीका राजेन्द्र पाण्डे अहिले मुख्यमन्त्री छन् । सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरूले हस्ताक्षर संकलन गरेपछि मुख्यमन्त्री पाण्डेमाथि थप दबाबमा परेका छन् ।
बागमतीमा गठबन्धनबीच ६ महिना सत्ताको नेतृत्व एकीकृत समाजवादीले र ६ महिना कांग्रेसले गर्ने सहमति यसअघि भएको थियो । सहमति कार्यान्वयनमा एकीकृत समाजवादीका पाण्डेले आनाकानी गरेपछि उनीविरुद्ध कांग्रेस–माओवादीका सांसदले हस्ताक्षर संकलन गरेका छन् ।





















प्रतिक्रिया