Logo

प्रमुख समाचार

एमाले अनुपस्थित हुँदा सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित



धनगढी । सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएको छ । 

सरकारले बजेट प्रस्तुत गरेको २७ दिनपछि बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक आह्वान गरिए पनि प्रतिपक्ष दल एमाले नआएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका छन् । 

प्रदेशसभा बैठक सुरु भएलगत्तै भसामुख थापाले प्रतिपक्षको अनुपस्थिति रहेको कारण देखाउँदै बैठक स्थगित गरेका हुन् । उनले अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरेका छन् । 

प्रकाशित मिति : असार २७, २०७९ सोमबार  ३ : ४५ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।