Logo

अर्थ

४ प्रतिशतले बढ्यो रेमिट्यान्स



काठमाडौं । विदेशबाट आउने रेमिट्यान्समा सुधार आएको छ । चालु आर्थिक वर्षको ११ महिनामा आइपुग्दा विप्रेषण आप्रवाह ३.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स वृद्धि भई रु.९०४ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तोआप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार १४:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।