Logo

अर्थ

डडेल्धुराका स्थानीय तहमा आठ करोड बढी बेरुजु



डडेल्धुरा । डडेल्धुराका सातवटा स्थानीय तहमा आठ करोड बढी बेरुजु आएको छ । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा डडेल्धुराका सात स्थानीय तहमा आठ करोड ४७ लाख ७२ हजार बेरुजु देखिएको हो ।

जिल्लामा रहेका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रकम जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा छ । अमरगढीको बेरुजु दुई करोड ६३ लाख २८ हजार रहेको छ । त्यसपछि सबैभन्दा बढी आलिताल गाउँपालिकाको बेरुजु दुई करोड १८ लाख ८१ हजार रहेको छ । भागेश्वर गाउँपालिकामा एक करोड ५३ लाख ५८ हजार बेरुजु देखिएको छ ।

यस्तै, परशुराम नगरपालिकामा ६६ लाख ५१ हजार, अजयमेरु गाउँपालिकामा ५८ लाख ५८ हजार र गन्यापधुरा गाउँपालिकामा ४९ लाख ३९ हजार बेजुरु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम बेरुजु नवदुर्गा गाउँपालिकाको रहेको छ। नवदुर्गाको बेजुरु ३७ लाख ५७ हजार रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार ११:१७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।