Logo

अर्थ

चालु आवको अन्मितम कारोबार दिन ८ अंकले बढ्यो शेयर बजार



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को अन्तिम कारोबार दिन आज (शुक्रबार) शेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । सुरुवाती उताचढावका बीच सेयर बजार अन्तिम समयमा समान्य बढेर बन्द भयो ।

शुक्रबार नेप्से ७.९३ अंकले बढेर २००९.४६ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङसहित विकास बैंक, लघुवित्त, जीवन बीमा समूहसहति लगानी कोष उपसूचकमा वृद्धि भएको छ । लघुवित्त उपसूचक सर्वाधिक १.५७ प्रतिशत र बैंकिङ उपसूचक १.३८ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेमा समान्य वृद्धि हुँदा २ घण्टा मात्रै सञ्चालन भएको बजारमा करिब डेढ अर्बको कारोबार भएको छ । ४० लाख ५१ हजार ७७१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४५ करोड ६३ लाखको कारोबार भएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार १५:२१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।