Logo

अर्थ

सिन्धु विकास बैंक लिमिटेडको साधारणसभा शुक्रबार  



काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले बाह्रौं वार्षिक साधारणसभा आउँदो शुक्रबार गर्ने भएको छ । बैंकले काभ्रेको धुलिखेलमा ६ साउनमा साधारणसभा गर्ने जानकारी दिएको हो । साधारणसभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ ।

यस्तै, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत साधारणसभामा पारित हुने कम्पनीले जनाएको छ । साधारणसभाले सर्वसाधारण सेयरधनीहरूका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकसँग अन्य बैंक तथा वित्तीय संस्था गाभ्न/गाभिन वा प्राप्तिसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ । कम्पनीले यस वर्ष सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छैन ।  

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार १५:२८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।