Logo

सुदूरपश्चिम प्रदेश

कैलालीको खक्रौलामा निर्माणाधीन सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्टमा आगजनी



कैलालीको मोहना नदी पारी टीकापुर नगरपालिका–८ खक्रौलामा निर्माणाधीन सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट (बिओपी)  भवनमा आगजनी भएको छ ।

भवन निर्माणको काम चलिरहेका बेला विद्युत् सर्ट भएर आगजनी भएको कैलालीका जनपथका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।  आज बिहान साढे दश बजेको समयमा निर्माणाधीन भवनको भित्र पड्किएको आवाज आएको कामदारले बताएका छन् । उक्त निर्माणाधीन भवनमा चार जना कामदारहरू कार्यरत रहेको प्रहरी उपरीक्षक विश्व अधिकारीले जनकारी दिएका छन् । 

टीकापुर नगरपालिकाको दमकल, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ ।

सत्ती भन्सार कार्यालयको जमिनमा अस्थायी रूपमा राखिएको बिओपीलाई सीमा नजिकै सार्ने उद्देश्यले मोहना नदी पारी टीकापुर नगरपालिका–८ खक्रौलामा भवन निर्माणको कार्य भइरहेको थियो ।

प्रकाशित मिति : असार ३०, २०७८ बिहीबार  ६ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।