Logo

शृंगार

महिलामा यसकारण हुन्छ बाँझोपन, यी हुन् लक्षण



काठमाडौं । महिलामा हर्मोन परिवर्तनको कारण पोलिसिस्टिक ओभरी सिन्ड्रोम समस्या देखा पर्न थाल्छ । केहि समयअघि युनिभर्सिटि अफ बार्सिलोना, स्पेनको एक अनुसन्धानमा पोलिसिस्टिक ओभरी सिन्ड्रोम लामो समयसम्म रहनाले बाझोपनको समस्या हुन सक्ने बताइएको थियो ।

यो समस्या हरेक १० महिलामा एउटामा हुन सक्छ। महिलामा हुने यो एस्ट्रोजन र प्रोगेस्टटेरोन नामक सेक्स हर्मोनको कारण लेवल विग्रीन जान्छ । जसको कारण ओभरीमा गाठो पर्दै जान्छ । वंशाणुगत गुण, मोटोपन, अस्वस्थ खाना र मधुमेहको कारण यस्तो समस्या हुन सक्छ । यस्तो समस्याका कारण अनियमित रुपमा महिनावारी हुनुका साथै फर्टिलीटि घट्दै जान्छ, अर्थात बाँझोपन बढ्छ । साथै हृदयघातको उच्च सम्भावना रहन्छ।

पोलिसिस्टिक ओभरी सिन्ड्रोमको लक्षणहरु

– तिव्र रुपमा तौल बढ्ने तथा घट्दै जान्छ।

– लामो समयसम्म डन्डिफोर देखा पर्नु ।

– अनुहारमा अनावश्यक रुपमा रौ आउनु ।

– डिप्रेशनको समस्या बढ्नु ।

बच्ने उपायहरु

– नियमित रुपमा व्यायाम गर्नुपर्छ ।

– यसमा फलफुल, हरियो सागपात, बदाम काजु र गेडागुडि खाने गर्नुपर्दछ ।

– मासु र चिल्लो पदार्थयुक्त खानेकुरा नखाने ।

– धुमपान नगर्ने ।

प्रकाशित मिति : श्रावण १४, २०७९ शनिबार  १२ : ३० बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।