Logo

अर्थ

खाने तेलको चर्काे मूल्यबारे उपभोक्ता भन्छन्- तलबले धान्न गाह्राे भाे, अब त्यसै तरकारी खाने बेला आयो



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट पिल्सिएको घाउ निको हुन नपाउँदै यतिबेला सर्वसाधारणलाई चर्को मूल्यवृद्धिको पहाडले थिचिरहेको छ । दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिँदा बिहान–बेलुकाको छाक टार्नसम्म मुस्किल पर्ने अवस्था आएको आमसर्वासाधारण बताउँछन् ।

अमेरिका–चीनबीचको व्यापार द्वन्द्वको बहानामा ‘स्लो मोशन’मा बढिरहेको मूल्यवृद्धि कोरोना महामारी र लगत्तैको रुस–युक्रेन युद्धका कारण ह्वात्तै बढेको छ । जसको मारमा सबैभन्दा बढी आमसर्वसाधारण नै परेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण समग्रमा सबै वस्तु महंगिएको भए पनि दैनिक उपभोग्य वस्तुमा भएको भारी मूल्यवृद्धिले दिनभर काम गरेर दुई छाक टार्ने श्रमजीवी वर्ग प्रत्यक्षमा मारमा परेका छन् ।

दैनिक उपभोग्य वस्तुमध्ये भान्सामा नियमित प्रयोग हुने खाने तेलको मूल्य सुन्दा आश्चर्य लाग्ने अवस्था छ । हिजो(मूल्यवृद्धि अघि)को तलुनामा अहिले तेलको मूल्य आज ५० प्रतिशतभन्दा बढी महंगो छ । डेढसय रुपैयाँमा पाइने एक लिटर खाने तेल आज झन्डै साढे तीनसय रुपैयाँमा पनि नपाइने अवस्था आएको छ । अन्य खाद्य वस्तुको मूल्यमा सामान्य उत्तरचढाव देखिएपछि खाने तेलको मूल्य छोइनक्नु छ ।

आफ्नो पसलमा किन्न आउने उपभोक्ताले महंगीबारे खुबै गुनासो गर्ने गरेको अर्याल सुनाउँछन् । ‘किन्न आउनेहरुले कति महंगो (?) भनेर हामीसँग पो गुनासो गर्छन् । लगौं कि नलगौं हुँदै अन्तिममा लगेर जान्छन्’, उनले भने ।

यद्यपि केही दिन अघि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा गिरावट आएपछि त्यसका मासान्य प्रभाव भने नेपालमा पनि परेको छ । उच्च मूल्यवृद्धिका कारण एक कार्टुन (१० लिटर) तेललाई ३५ सय रुपैयाँ सम्ममा परेको तर अहिले केही दिन यता त्यो मूल्यमा केही राहत मिलेको कपिलवस्तु घर भइ बानेश्वरमा खुद्रा पसल सञ्चालन गर्दै आएका जगत अर्याल बताउँछन् । ‘हिजो एक कार्टुनको ३५ सय रुपैयाँसम्म परेको थियो । अहिले अलि घटेको छ भन्ने सुनिन्छ । तर ठ्याक्कै कति घट्या हो भन्ने थाहा छैन । अगाडिकै स्टक रहेको तेल हामीले बेचिरहेका छौं’, उनले भने, ‘यो खाने तेलमा भएको अत्याधिक मूल्यवृद्धिले उपाभोक्तालाई चाहिँ रुन मात्र सकेका छैनन् ।

आफ्नो पसलमा किन्न आउने उपभोक्ताले महंगीबारे खुबै गुनासो गर्ने गरेको अर्याल सुनाउँछन् । ‘किन्न आउनेहरुले कति महंगो (?) भनेर हामीसँग पो गुनासो गर्छन् । लगौं कि नलगौं हुँदै अन्तिममा लगेर जान्छन्’, उनले भने, ‘हामी पनि उल्टै मारमा छौं । सटरको भाडा तिर्नै पर्‍यो । आफूले पनि खानै पर्‍यो ।’ उनले अझ आफूहरुले डबल कर तिर्नु परेको भन्दै दोहोरो मारमा परेको गुनासा गरे । ‘हामीले महानगरलाई छुट्टै वडामा बझाउनु पर्छ । प्यान (स्थायी लेखा नम्बर) लिइएको छ । त्यता पनि राजश्व तिर्नु पर्छ’, अर्यालले भने ।

खाने तेलसँगै सबै उपाभोग्य वस्तु महंगिँदा तलबले धान्नै कठिन हुने अवस्था आएको सरकारकै कर्मचारी गुनासो गर्छन् । सर्वसाधारण गरिब जनता मूल्यवृद्धिको मारमा परेको भन्दै आफूलाई नै तलबले धान्न हम्मेहम्मे पर्न थालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारी मैया देउला बताउँछिन् । ‘खाने तेलसहित सबै वस्तु महंगो भइक्यो । अस्था यस्तोसम्म आयो कि तलबले धान्नै हम्मेहम्मे पर्न थालेको छ’, उनले भनिन्, ‘यसमा विशेष सरकारको ध्यान जानुपर्छ । कतिपय अवस्थामा कालाबजारी पनि भइरहेका होलान् । त्यसमा अनुगमन गर्नुका साथै विभिन्न क्षेत्रको ट्याक्स कटाएर भए पनि जनतालाई सहुलियत दिनुपर्छ । अहिलेको आवश्यक्ता भनेकै यही हो ।’

मूल्यवृद्धिको चरम मारमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेर काठमाडौं उपत्यका छिरेका विद्यार्थीहरु पनि परेका छन् । भ्याली कजेल अफ इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थी वीरेन्द्रकुमार मण्डल तेलमा भएको मूल्यवृद्धिबारे सरकार नै दोषी रहेको बताउँछन् ।

सिन्धुली घर भइ हाल काठमाडौंको अनामनगरमा टेलरिङ व्यवसाय गर्दै आएका कुमार सेवा खाने तेल लगायत सबै क्षेत्रमा भएको मूल्यवृद्धिको चरम मारमा परेको गुनासो गर्छन । ‘खाने तेलको मात्र होइन, सबैको मूल्यवृद्धि भएको छ । यसको चरम मारमा त परिएको छ नि !’, उनी भन्छन्, ‘तर तपाईं–हामी बोलेर मात्र हुने केही होइन ।’

मूल्यवृद्धिकै कारण दिनभरी कम गरेर बेलुका खान नपुग्ने अवस्था सृजना भएको व्यवसायी सेवा बताउँछन् । ‘मूल्यवृद्धिले गर्दा दिनभरी काम गरेर बेलुका खान धौ–धौ पर्ने अवस्था आइसक्यो । भाडा तिर्नुपर्छ । छोरा–छोरी पढाउनु पर्छ’, उनले भने, ‘सरकार आफैले बुझेर जसरी हुन्छ हामी जस्ता वर्गलाई राहत पुग्ने गरी काम गर्दिए राम्रो हुन्थ्यो भन्ने हो ।’

मूल्यवृद्धिको चरम मारमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेर काठमाडौं उपत्यका छिरेका विद्यार्थीहरु पनि परेका छन् । भ्याली कजेल अफ इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थी वीरेन्द्रकुमार मण्डल तेलमा भएको मूल्यवृद्धिबारे सरकार नै दोषी रहेको बताउँछन् । ‘सरकारको बेवास्ताका कारण खाने तेल लगायतका विभिन्न वस्तुमा मूल्यवृद्धि भएको छ’, उनी भनछन्, ‘हामी विद्यार्थी त झन् यसबाट प्रत्यक्ष रुपमा पीडित भएका छौं । केही किनेर खान सक्ने अवस्था छैन । आफै पैसा कमाउन लागौं पढाइ बिग्रिन्छ, पढाइमा मात्र केन्द्रित हुँदा खान त पर्‍यो ! घरबाट धेरै पैसा डिमान्ड गर्दा त्यो पनि सजिलो छैन । अब यत्ति खाने तेल यत्ति धेरै महंगो भयो कि तेल नहाली त्यसै तरकारी खाने अवस्था आइसक्यो ।’

याे पनि पढ्नुहाेस्

विज्ञहरु भन्छन्- गुणस्तरहीन खाने तेलले ब्लडक्यानसरकाे जाेखिमसमेत निम्त्याउँछ !

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार १३:०९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।