Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–६६)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजका प्रश्न यसप्रकार रहेका छन् ।

१. युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार–२०७७ कसलाई प्रदान ग¥यो ?
उत्तर – खेल पत्रकार कमल खत्री (पुरस्कार राशि रु. ५० हजार) ।

२. नेपालमा सबैभन्दा बढी पाटेबाघ पाइने राष्ट्रिय निकुञ्ज कुन हो ?
उत्तर – चितवन राष्ट्रिय निकुञ्ज ।

३. विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२१ मे २७ मा जारी गरेको नयाँ वरियतामा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
उत्तर – १७१औँ ।
– नेपाल दक्षिण एसियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा रहेको ।

४. नेपाली साहित्यका प्रथम सहिद भनी कसलाई चिनिन्छ ?
उत्तर – सुब्बा कृष्णलाल अधिकारी ।

५. केन्द्रीय पञ्जीकरण (व्यक्तिगत घटनादर्तासम्बन्धी कार्य गर्ने निकाय) विभाग कुन मन्त्रालयअन्तर्गत पर्छ ?
उत्तर – सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय

६. ब्रिक्स बैङ्कको प्रधान कार्यालय कहाँ छ ?
उत्तर – साङ्घाइ (चीन) ।

७. नेपालमा प्रमुख जिल्ला अधिकारीको नियुक्ति कहिलेदेखि सुरु भएको हो ?
उत्तर – विसं २०२२ पुस १ ।

८. सरकारी कार्यालयका साइनबोर्ड नेपालीमा राख्नुपर्ने व्यवस्था कहिलेदेखि भएको हो ?
उत्तर – विसं २०१८ जेठ ९ ।

९. सर्वप्रथम मूल्य अभिवृद्धि कर लागू गर्ने देश कुन हो ?
उत्तर – फ्रान्स (सन् १९५४ देखि) ।

१०. नेपालको सबैभन्दा उच्च स्थानबाट बगेको अरूण नदीलाई अर्को के नामले चिनिन्छ ?
उत्तर – फुङ्चु ।

११. मनोवैज्ञानिक चिकित्सा प्रणालीका जन्मदाता को हुन् ?
उत्तर – सिग्मन्ड फ्रायड ।

१२. भारतमा बापु भन्नाले महात्मा गान्धीलाई चिनिन्छ भने नेताजी भन्नाले कसलाई चिनिन्छ ?
उत्तर – सुवासचन्द्र बोस ।

१३. नेपालमा हायू जातिको मुख्य बसोवास कहाँ रहेको छ ?
उत्तर – रामेछाप र सिन्धुली ।

१४. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
उत्तर – माल्दिभ्स ।
– (नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।)

१५. बीमा समितिबाट हालै सञ्चालन अनुमति प्राप्त गरेको पुनर्बीमा कम्पनी कुन हो ?
उत्तर – हिमालयन रि–इन्स्योरेन्स कम्पनी ।

प्रकाशित मिति : श्रावण १६, २०७९ सोमबार  ५ : ३० बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।