Logo

अर्थ

खाने तेलको गुणस्तरमाभन्दा प्रयोगमा चरम लापरबाही, कम उमेरमै हृदयघातकाे जाेखिम बढ्दाे



काठमाडौं । जुनसुकै उपभोग्य वस्तु होस्, यसको सही प्रयोग अत्यावश्यक हुन्छ । हामीले भान्सामा प्रयोग गरिने धेरै किसिमका वस्तुमध्ये अनिवार्य प्रयोगमा आउने एउटा वस्तु हो खाने तेल । खाने तेललाई हामी धेरै जसोले जिब्रोको स्वादको लागि प्रयोग गर्छौ । बाहिर घुमफिरका लागि निस्कँदा होटेल तथा रेष्टुरेन्टमा चिल्लोयुक्त चिजबिज नै अर्डर गर्छाैं । तर त्यसरी चिल्लो पदार्थको मात्रा धेरै भएको खाने कुरा खानुअघि स्वास्थ्यमा त्यसको असरबारे कहिल्यै सोच्नुभएको छ ? छैन भने अब पक्कै सोच्नै पर्ने बेला आएको छ । किन भने बारम्बार तताइएको तथा उमालिएको तेलमा पकाइएको खाना हाम्रो स्वास्थ्यको लागि अत्यन्तै हानिकारक हुन्छ । अक्सर हाेटेल तथा रेष्टुरेन्टमा यस्तै खाने कुरा उपलब्ध हुन्छन् ।

बारम्बार एउटै तेलमा खाने कुरा पकाउँदा त्यसमा स्वास्थ्यका लागि घातक मानिने ‘ट्रन्सफ्याट’ विकास भइ त्यसले जटिल समस्या निम्त्याउने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग प्रवक्ता मोहनकृष्ण महर्जन बताउँछन् । ‘तेलको गुणस्तरमा भन्दा पनि यसको प्रयोगमा धेरै समस्या देखिएको छ’, अनलाइनपानासँग उनले भने, ‘हामी होटेलतिर गयौं भने आज पनि त्यसैमा फ्राई गर्‍यो, भोलिपनि त्यसैमा गर्‍यो । यसो हुँदा स्वास्थ्यका लागि घातक मानिने ट्रान्सफ्याट विकास भइ त्यसले ठूलो समस्या निम्त्याउन सक्छ ।’

ट्रान्सफ्याट एक प्रकारको स्वास्थ्यका लागि अति हानिकारक चिल्लो पदार्थ हो । चिल्लो पदार्थमा पाइने ट्रान्सफ्याटको कारण कम उमेरका मानिसमा पनि हृदयघात र मस्तिष्कघात वृद्धि हुन थालेको तथ्य सन् २००१ मा सार्वजनिक भएको थियो । जतिसक्दाे चिल्लो मात्रा बढी भएका खाने कुरा कम खान र तारेको तथा फ्राई गरिएको खाँदैनखान चिकित्सकहरुले पनि सझुाउने गरेका छन् ।

विभागका अनुसार नेपालमा अहिले तोकिएको मापदण्ड पूरा गरेर विभिन्न कम्पनीले १७ प्रकारकार खाने तेल उत्पादन गर्छन् । विभागसहित विभागअन्तर्गतका कार्यालयहरुले खाने तेल उत्पादक कम्पनीहरुलाई लाइसेन्स प्रदान गर्ने गरेको छ ।

मानव स्वास्थ्यका लागि होटल तथा रेष्टुरेन्टमा हुने यस्ता लाबरबाहीप्रति विभाग सचेत रहेको र बेला–बेला अनुगमन गर्ने गरिएको पवक्ता महर्जन बताउँछन् । विगत दुई वर्षदेखि टिपीएम (टोटल पोलार मटेरियल) को माध्यमबाट अनुगमन गरिएको र तोकिएको मापदण्डभन्दा बढी ट्रान्सफ्याटको मात्रा भएको तेल प्रयोग गर्ने एक दर्जन बढी होटेल तथा रेष्टुरेन्टलाई कारबाहीसमेत गरिएको उनले बताए । ‘हामीले विगत दुई वर्षदेखि टिपीएमको माध्यमबाट अनुगमन गरिरहेका छौं । त्यसक्रममा तोकिएको मापदण्डविपरित ट्रान्सफ्याटको मात्रा २५ भन्दा बढी भएको तेल प्रयोग गर्ने १२/१३ वटा होटेल तथा रेष्टुरेन्टलाई कारबाही नै गर्‍यौं ।’

विभागका अनुसार नेपालमा अहिले तोकिएको मापदण्ड पूरा गरेर विभिन्न कम्पनीले १७ प्रकारकार खाने तेल उत्पादन गर्छन् । विभागसहित विभागअन्तर्गतका कार्यालयहरुले खाने तेल उत्पादक कम्पनीहरुलाई लाइसेन्स प्रदान गर्ने गरेको छ । विभागका प्रवक्ता महर्जनका अनुसार कम्पनीको पूर्वाधार र उत्पादन भएको नमुना टेष्ट गरेपछि मात्र एक वर्षका लागि लाइसेन्स प्रदान गर्ने गरिएको छ । उक्त कम्पनीले हरेक वर्ष नविकरण गर्नुपर्छ । तोकिएको मापदण्ड अनुसार उत्पदान नगर्ने कप्पनीहरुविरुद्ध उजुरीसमेत पर्ने गरेको विभागको भनाइ छ ।

गत आर्थिक वर्ष २०७८/०७९ मा पनि तेल तथा घ्युजन्य पदार्थका विषयमा ३ वटा उजुरी परेको र त्यसलाई तत्काल ¥यापिड रेस्पोन्स टिम खटाइ सम्बोधन गरिएको विभागले जनाएको छ । नेपालका तेल उत्पादक कम्पनीहरुले बाहिरी देशबाट कच्चा पदार्थ आयात गरेर यहाँ रिफाइन गर्ने गर्छन् । पूर्ण रुपमा तयारी तेल आयातमा सरकारले नै प्रतिबन्ध लगााएको छ । यद्यपि प्याकिङमा २० केजी भन्दा कम ल्याउन भने रोकावट नगरिने विभागका प्रवक्ता महर्जनले बताए ।

 

याे पनि

खाने तेलको चर्काे मूल्यबारे उपभोक्ता भन्छन्- तलबले धान्न गाह्राे भाे, अब त्यसै तरकारी खाने बेला आयो

विज्ञहरु भन्छन्- गुणस्तरहीन खाने तेलले ब्लडक्यानसरकाे जाेखिमसमेत निम्त्याउँछ !

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार १८:०२   :  बजे

432
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।