टिभिएस दशैंको आशा योजना अन्तर्गत दोस्रो हप्ताको विजेता हेमा लता थगुन्ना बनेका छन् । उनले टिभिएस अपाचे आरआर ३१० जितेका छन् ।
यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । “टिभिएस दशैँको आशा” योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरको खसरदमा ७००० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिने छ भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न सकिने छ ।
बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्नसक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि www.tvsnepal.com/Dashain मा गएर फारम भर्नु पर्ने छ ।
जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालका लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक हो ।
टिभिएस दशैंको आशा योजना अन्तर्गत बालाजुका अमृतजंग सिटौलाले पहिलो हप्ताको टिभिएस अपाचे आरआर ३१० जितेका छन् ।





















प्रतिक्रिया