Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–७४)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।


आजको लागि प्रश्नको उत्तर यसप्रकार रहेका छन् ।

१. सन् २०२१ अक्टोबर ४ मा जापानको प्रधानमन्त्रीमा नियुक्त हुने व्यक्तित्व को हुन् ?

उत्तर– फुमिओ किशिदा

(जापानको १००औँ प्रधानमन्त्रीमा नियुक्त ।)

२. हाइटीका राष्ट्रपति जोभनेल मोइजको हत्या –आफ्नै निवासमा) कहिले भएको हो ?

उत्तर– सन् २०२१ जुलाई ७

३. Symbiotic Link भन्नाले भूराजनीतिक रूपमा कुन क्षेत्रलाई बुझिन्छ ?

उत्तर– इन्डो–प्यासिफिक

४. ग्रेट ग्रिन वाल प्रोजेक्ट कहाँ कहाँ सञ्चालनमा ल्याइएको छ ?

उत्तर– अफ्रिकाको साहेल क्षेत्र

५. विश्व प्रसिद्ध अनुसन्धान तथा परामर्शदाता संस्था प्राइस वाटरकुपर्स (पिडब्लुसी)का अनुसार लगानीका लागि आकर्षक गन्तव्यमा पहिलो पाँच स्थानमा परेका मुलुक कुन–कुन हुन् ?

उत्तर– क्रमशः अमेरिका, चीन, जर्मनी, बेलायत र भारत

विविध

६. लोन्ली प्लानेटले प्रकाशित गरेको सूचीअनुसार सन् २०२२ मा घुम्नका लागि उत्कृष्ट मुलुकमध्ये पहिलो स्थानमा रहेको मुलुक कुन हो ?

उत्तर– कुक आइल्यान्ड

सूची अनुसार सन् २०२२ मा घुम्नै पर्ने १० मुलुकहरू

१. कुक आइल्यान्ड २. नर्वे

३. मौरिसस ४. बेलिज

५. स्लोभेनिया ६. एङगुइला

७. ओमान ८. नेपाल

९. मलावी १०. इजिप्ट

६. ‘प्यान्डोरा पेपर्स’ केसँग सम्बन्धित छ ?

उत्तर– अवैध रूपमा विदेशमा लगानी गर्ने व्यक्तिहरू

७. We Think Digital gfds कार्यक्रम कुन संस्थासँग सम्बन्धित छ ?

उत्तर– फेसबुक

८. गम्भीर बिरामीको उपचारका लागि बनाइएको आईसीयू र एचडीयूको पूरा रूप के हो ?

उत्तर– इन्टेन्सिभ केयर युनिट र हाई डिपेन्डेन्सी युनिट

९. द्द–म्न् के सँग सम्बन्धित छ ?

उत्तर– कोरोना भाइरस सङ्क्रमितको औषधि

१०. हाल विश्वका कति देशमा बाघ पाइन्छ ?

उत्तर– १३

बाघ पाइने राष्ट्रहरू ः नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार, थाइल्यान्ड, भियतनाम, लाओस, रुस, मलेसिया, इन्डोनेसिया र कम्बोडिया ।

नेपालमा विभिन्न बाघ गणनामा बाघको सङ्ख्या

सन् १९९५ ः ९८

सन् २००० ः १०९

सन् २००५ ः १२६

सन् २००९ ः १२१

सन् २०१३ ः १९८

सन् २०१८ ः२३५

सन् २०१८ को बाघ गणनाअनुसार सबैभन्दा बढी बाघ पाइने निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्ज रहेको ।

नेपालमा बाघका लागि अनुकूल वातावरण भएको साथै बाघ संरक्षणको दृष्टिले स्थापना गरिएको निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज हो ।

विश्व बाघ दिवस जुलाई २९ मा मनाइने ।

सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको सम्मेलनले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरिएको । टि इन्टु टु यहीसँग सम्बन्धित नारा हो ।

१२. नइ प्रकाशनले नइ देरुनिखपू बाल पुरस्कार, २०७८ कसलाई प्रदान गर्ने घोषणा गरेको हो ?

उत्तर– सुश्री सम्पदा दुलाल

नइ प्रकाशनले १५ वर्ष ननाघेका आठ बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ निम्नानुसार प्रदान गर्ने भएको ः

नइ प्रकाशनले बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान गर्ने भएको ।

साहित्यतर्फ विभूति अधिकारी, चित्रकलातर्फ रिकिस्ना डङ्गोल, स्गीततर्फ सन्देश पौडेल, नृत्यतर्फ रशु पन्त र खेलकुदतर्फ नयना शाक्यलाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान गरिने भएको ।

त्यस्तै, १० वर्षीय सिचु मानन्धर र नासिका ठकुरीलाई नृत्यतर्फको नइ देरुनिखपू कोपिला पुरस्कार प्रदान गर्ने निर्णय गरिएको ।

१३. युद्ध साहित्य पुरस्कार, २०७८ कुन कृतिलाई प्रदान गरियो ?

उत्तर– अफगानी रणमैदान

१४. सन् २०२२ मा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन–कोप २७ कहाँ हुने भएको छ ?

उत्तर– इजिप्ट

१५. जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ (सन् २०२१) मा नेपालले कहिलेसम्ममा कार्बन उत्सर्जन शून्यमा पु¥याउने लक्ष्य राखेको घोषणा गरेको छ ?

उत्तर– सन् २०४५

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार ०५:३०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।