Logo

सुदुरपश्चिम प्रदेश

अनलाइनपाना टोली राहत लिएर दार्चुला प्रस्थान



काठमाडौं । देशका विभिन्न क्षेत्रमा भोकमरी लाग्ने अवस्था आई रहेको बेला गरिब जनताहरु यतिबेला छटपटाई रहेका छन् । शहरमै मान्छेहरु एकछाक खानको लागी हात पसारी रहेको देख्दै गर्दा दुर दराजका जनताको अवस्था झन् कस्तो बनि रहेको होला ? यस्तै कौतुहलता र तनावका बीच नेपाल शाकाहारी पार्टी र अनलाइनपाना डटकम टोली राहत सामाग्री लिएर सुदुरपश्चिमको दार्चुला क्षेत्र प्रस्थान गरेको छ । शहरमा फूड बैंक, कपडा बैंक, नवजीवन परोपकार समाज तथा नेपाल शाकाहारी पार्टीको समेत परिकल्पनाकार रहेका राधेश्याम खड्का सहितको टोली राहत सामाग्री लिएर उक्त क्षेत्रतिर प्रस्थान गरेको हो ।

यस टोलीले दार्चुला लगायतका क्षेत्रहरुमा पुगी अति बिपन्न परिवारलाई राहत सामाग्री बाँढेर फर्किनेछ । नेपाल शाकाहारी पार्टीका अध्यक्ष खड्काका अनुसार करीव १५ हजार परिवारलाई खाद्यान्न, बिउ बिजन तथा औषधी वितरण गर्न लागेको जानकारी दिए । यस टोलीलाई पार्टीका सुदुर पश्चिम प्रदेश संयोजक ईन्द्र मल्लले संयोजन गर्नेछन् । 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ५ : ४५ बजे