काठमाडौंको बानेश्वरमा अवस्थित ग्लोबल कलेज इन्टरनेशनलले विद्यार्थीहरुको व्यक्तित्व विकासमा थप वद्धि गर्न नयाँ नयाँ खालका कार्यक्रमहरु गर्ने गरेको छ । आफ्नो योजनालाई निरन्तरता दिदै कलेजले हाल पनि एउटा नयाँ कार्यक्रम ल्याएको छ ।
क्यारिएर प्लेसमेन्ट प्रोग्राम नाम दिएको यस कार्यक्रमको लक्ष्य विद्यार्थीहरुलाई रोजगारमुखी सिपहरु प्रदान गर्ने क्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पहुँच विस्तार गर्ने, यसरी रोजगार दिने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका बैंक, फइनान्स, उद्योत तथा विश्वविद्यालयहरुसँग समेत संस्थागत सम्बन्ध स्थापित गरी विद्यार्थीहरुको दक्षता अनुसार इन्र्टनशिपका साथै विभिन्न प्रकारका व्यवस्थापकिय तथा प्रशासनिक सेवा गर्ने निश्चितता प्रदान गर्ने रहेको छ ।
विद्यार्थीहरुको रोजगारीलाई सुनिश्चित गर्न तथा व्यक्तित्व विकास सम्बन्धी तालिमहरुलाई निरन्तरता दिदै समय सापेक्ष र प्रभावकारी रुपमा सञ्चालन गर्न सेन्टर फर प्रोफेसनल डेभलपमेन्टको स्थापनाको समेत यही अवसरमा घोषणा गरिएको छ । यस कार्यक्रमको उद्घाटन कलेजका प्रिन्सिपल डा. करन सिंह ठगुन्नाले गरेका थिए भने सेन्टर फर प्रोफेसनलका निर्देशक डा. अक्षय अरोराले कलेजले राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसं स्थापित गरेको सम्बनधका बारेमा प्रस्ट पारेका थिए ।
ग्लोबल कलेजको तालिम सहयात्रीको रुपमा रहेको संस्था बिआइएफआइएनका कार्यकारी निर्देशक डा. बिनोद आत्रेयले तालिम सहयात्री संस्था र कलेजको सम्बन्धको बारेमा स्पष्ट पार्दै उक्त सम्बन्धले कलेजका विद्यार्थीहरुलाई सिपमुलक तालिमका साथै रोगजारीमा ठुलो भूमिका खेल्दै आएको र भविष्यमा पनि यो निरन्तर रहने बताए ।
योजना कार्यक्रमको उद्घाटन गरेका प्रिन्सिपल ठगुन्नाले कलेजले सुरुवातदेखि नै गुणस्तरीय शिक्षा दिन पहल गरेको र हालसम्मको निरन्तरताले गर्दा कलेजको छुट्टै पचिान बनेको बताए । ३ सय जनाको संख्यामा सहभागीता रहेको उक्त कार्यक्रममा पूर्व विद्यार्थीहरुले ग्लोबल कलेजमा अध्ययनरत हुदा आफूहरुले पाएको ज्ञान र सिपले आफ्नो भविष्य उज्जवल बनाउन सकेको बताए । कार्यक्रमको सञ्चालन कलेजका निर्देशक डा. देवराज पनेरुले गरेका थिए ।
यो कलेज व्वस्थापन संकायमा अग्रस्थानमा रहेको छुट्टै पहिचान बनाउन सफल कलेको रुपमा चिनिएको शैक्षिक संस्थामा पर्छ । एम.बि.ए, बि,बि,ए, बि.एच,एम, बि.टि.टि.एम जस्ता लेभलको अध्यापन तथा अन्तराष्ट्रिय विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ए.लेभल कार्यक्रममा अध्ययनरत करिब १००० (एक हजार) विद्यार्थीहरुको शैक्षिक गुणस्तर कायम राख्न विद्यार्थीहरुको पेशागत सिकाईलाई सुनिश्चित गर्नको लागी ग्लोबल कलेज इन्टरनेशनलले अनेकौ अनुसन्धानात्मक कार्यक्रमहरुका साथै रोजगारमुखी तालिम संचालन गर्दै आएको छ ।




















प्रतिक्रिया