Logo

गण्डकी प्रदेश

 लुम्बिनीमा सरकारबाटै सरकारी कार्यक्रम बहिस्कार



लुम्बिनी प्रदेशमा सरकारले नै सरकारी कार्यक्रम बहिस्कार गरेको छ । प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनको पदभार ग्रहण कार्यक्रम प्रदशे सरकारले बहिस्का गरेको हो । प्रदेश प्रमुख शेरचनको स्वागत कार्यक्रममा प्रदेश सरकारका कोही पनि प्रतिनिधि सहभागी भएनन् । 

शुक्रबार प्रदेश प्रमुख शेरचन पदबहालीको लागि कार्यालयमा जाँदा प्रदेशका विपक्षी गठबन्धनमा आवद्ध नेता तथा कार्याकर्ताहरुको मात्र उपस्थिती रहेको थियो । मुख्यमन्त्री र मन्त्रीहरु भने कोही पनि उक्त कार्यक्रममा उपस्थित थिएनन् ।

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको संघीय सरकारले पदमुक्त गरेपछि निवर्तमान प्रदेश प्रमुख धर्मनाथ यादवको भने विधिवत तरिकाले विदाई गरिएको थियो । 

 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १७:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।