Logo

प्रमुख समाचार

परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुमा काटिएर मारिने राजा को हुन् ? (अंक–८४)



१. नेपालमा ‘चुरे संरक्षण दिवस’ कहिले मनाइन्छ ?

क) भाद्र २४ गते ख) पुस २२ गते
ग) जेठ १ गते घ) असार २ गते

२. विश्वमा कुन देशलाई ‘कविहरूको देश’ भनेर भनिन्छ ?

क) चिली ख) भारत
ग) कोरिया घ) जापान

३. चर्चित साहित्यिक कृति ‘कोरियाना कफी गफ’का लेखक को हुन् ?

क) नारायण वाग्ले ख) नीलम कार्की
ग) सुबिन भट्टराई घ) कृष्ण ढुङ्गेल

४. ‘मानव विकास सूचकांक २०१८’अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?

क) २२ औँ स्थानमा ख)१४९औँ स्थानमा
ग)१२८ औँ स्थानमा घ) ८९ औँ स्थानमा

५. अग्रज लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन कहिले भयो ?

क)२०६५ ख) २०७१
ग) २०७५ घ) २०६७

६.‘आदिवासी जातजाति बहुजातीय संग्रहालय’ कहाँ रहेको छ ?

क)सुनसरीको धरान ख) झापाको हल्दीबारी
ग) दाङको घोराही घ)चितवनको सौराहा

७. ‘पञ्चायतको मलामी’ भनेर नेपालको इतिहासमा कसलाई भनिन्छ ?
क) गिरिजाप्रसाद कोइराला ख) कृष्णप्रसाद भट्टराई
ग)हरिबोल खनाल घ) मरिचमान सिंह

८. ‘सातौँ राष्ट्रिय गणित सम्मेलन’ कहाँ भयो ?
क) बुटवल ख) धरान
ग) तेह्रथुम घ ) पोखरा
९.भेडीखोला जलविद्युत् आयोजना कुन जिल्लामा पर्दछ ?

क) इलाम ख) रसुवा
ग)पर्वत घ)बाजुरा

१०. परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुमा काटिएर मारिने राजा को हुन् ?

क) विश्वजित मल्ल ख)विजय मल्ल
ग)बहादुर शाह ग)प्रताप मल्ल

११. बहुचर्चित पेय पदार्थ ‘कोकाकोला’को उत्पादन सुरु कहिलेदेखि भयो ?

क) सन् २००९ ख)सन् १८८६
ग) सन् १९८९ ग) सन् १८४३

१२. थारू जीवनशैलीका लागि प्रसिद्ध स्थल (होमस्टे क्षेत्र) भादा गाउँ कुन जिल्लामा पर्दछ ?

क)कैलाली ख)दाङ
ग)चितवन ग) कपिलबस्तु

Answer Key:

१.घ २.क ३.क ४.ख ५.ग

६.क ७.घ ८. क ९.ग १०.क

११.ख १२.क

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार ०५:३०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।