लुम्बिनी प्रदेशमा ४१ जना सांसदहरुको हस्ताक्षर सहित विपक्षी गठबन्धन प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा पुगेका छन् । नेपालको संबिधान २०७२ को धारा १६८ (२) बमोजिम नायँ सरकार गठनको आव्हानका लागि गठबनधनले प्रदेश प्रमुखलाई समावेदन गरेका हुन् ।
पूर्वप्रदेश प्रमुखसँगको मिलेमतोमा मुख्यमन्त्री शंकर पोखरेलले असंवैधानिक तरिकाले सत्ता टिकाएको दावी छ । विपक्षी गठबन्धनको छ । उनीहरुले धारा १६८ (१) अनुसार बनेको भनिएको सरकार अल्पमतमा रहेको दाबी गर्दै एकल बहुमतको सरकार दाबी गर्दा मुख्यमन्त्री शंकर पोखरेलले कीर्ते हस्ताक्षर गरेको, अल्पमतमा हुँदाहुँदै पनि जालझेल गरेको आरोप लगाएका छन् । प्रदेशसभामा हाल कायम रहेका ८० सांसदमध्ये ४१ सांसदहरु गठबनधनको पक्षमा हस्ताक्षर गरेका छन् ।
प्रदेश प्रमुख परिवर्तन भएपछि आइलाग्ने अप्ठेरो परिस्थितिलाई सामना गर्न माओवादी केन्द्र रोजेकी सांसद विमला वलीलाई प्रभावित पार्न प्रयास भैरहेको समेत विपक्षी दलहरुले आरोप लगाएका छन् ।




















प्रतिक्रिया