बिवादित छवि बनाएर स्वास्थ्य मन्त्रालयको प्रवक्ता हुदा अझ आलोचित भएका डा. जागेश्वर गौतम पछिल्लो पटक झन् बिवादमा आएका छन् । वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाइएपछि त्यसको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएका गौतमले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमाथी अन्याय गरेको गुनासो बढेसँगै उनी थप बिवादमा आएका हुन् ।
कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर सेवा गरेका स्वास्थ्यकर्मीहरुलाई सरकारले दिने भनेको सुविधा दिलाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएपछि आईतबार वीर अस्पतालमा सुरक्षाकर्मी र स्वास्थ्कर्मीबीच दोहोरो भिडन्त भएको थियो । सोमबार करीब सयजना स्वास्थ्यकर्मी कर्मचारीहरुको गौतमसँग वार्ता भएको थियो । उक्त वार्तामा गौतम रुखो भएर प्रस्तुत भएपछि स्वास्थ्यकर्मीले उनलाई बैठक कक्षमै थुनेका छन्।
छलफलका क्रममा डा. गौतमले चिकित्सक–कर्मचारीको माग सम्बोधन गर्न नसकिने बताएपछि उनीहरूले बैठक कक्षमै थुनेका हुन् । छलफलका क्रममा आफ्ना माग राख्दा डा. गौतमले ‘पूरा गर्न सक्दिनँ । जे गर्नुपर्छ, गर्नुस्’ भन्दै बैठक कक्षबाट बाहिरिन खोजेपछि उनलाई बैठक कक्षमा भित्रबाट चुक्कुल लगाएर थुनेका हुन् ।
कर्मचारीहरुले थुनेर हिडेपछि गौतमले प्रहरीलाई फोन गरेर बिवादका क्रममा कर्मचारीले कुर्सी प्रहार गर्दा म घाइते भएको छु । मेरो टाउको र आँखामा चोट लागेको छ। भनेका थिए । त्यसपछि महानगरीय प्रहरी वृत्त, जनसेवा काठमाडौंका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिलबहादुर मल्ल नेतृत्वको २०/२५ जनाको प्रहरी टोली अस्रपताल पुगेको थियो ।
डा. गौतमलाई बैठक कक्षमा थुनिएको जानकारी पाएपछि आफ्नो नेतृत्वमा २०र२५ जनाको प्रहरी टोली अस्पताल पुगेको डिएसपी मल्लले बताए । त्यसपछि लात्तीले ढोका फोडेर डा. गौतमलाई बैठक कक्षबाहिर निकालेको उनको भनाइ छ ।
प्रहरीले बैठक कक्षबाट डा. गौतमलाई बाहिर निकाल्न खोजेपछि चिकित्सक–कर्मचारी र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । कर्मचारीले भने प्रहरीले लछारपछार गर्दा ३ जना नर्स र १ जना कार्यालय सहयोगी घाइते भएको बताएका छन् । तर, प्रहरीले बल प्रयोग नगरेको डिएसपी मल्लको दाबी छ।
गौतमलाई अस्पतालमा प्रवेश गर्न नदिने भन्दै त्यहाँ कार्यरता स्वास्थ्यकर्मीहरु प्लेकार्ड सहित प्रदर्शन गरिरहेका छन् ।




















प्रतिक्रिया